१ भाद्र २०८३, सोमबार
,
Latest
बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री ऊर्जा र युवा जनशक्तिको अवसर समयमै उपयोग गर्नुपर्छ : अञ्जन श्रेष्ठ गगन–देउवाबीचको दूरी घटाउन पहल गर्छुः डा. शशांक कोईराला संक्रामक पशु रोग नियन्त्रण विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार साउनको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार : १६ जना एक–एक लाखका विजेता, एक जनालाई बम्पर… सांसद तामाङको प्रश्न–सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका कहिलेसम्म चहारेर हिँड्ने ? सरकारको निरङ्कुशताविरुद्ध सडकमा उत्रिन विद्यार्थी संगठनहरुलाई एमाले सांसद बरालको आह्वान पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति संसदमा एमालेको आपत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सदनमा शिष्टता कायम गर्न सांसद बरालको माग



अ+ अ-

काठमाडाैँ । नेकपा (एमाले) की सांसद यशोदाकुमारी बरालले हुम्लाको चंखेली गाउँपालिकामा गएको भीषण पहिरोका पीडितलाई तत्काल राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बरालले प्राकृतिक विपत्तिका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद बरालले हुम्ला जिल्लाको चंखेली गाउँपालिका वडा नम्बर ५ मा गएराति गएको पहिरोले विद्यालय, बस्ती र खेतीपातीमा ठूलो क्षति पु¥याएको जानकारी दिनुभयो ।

प्राकृतिक विपत्तिको विषयका साथै सांसद बरालले सदनभित्र सांसदहरूले प्रयोग गर्ने भाषा र व्यवहारप्रति पनि आपत्ति जनाउनु भयो । संसदको नियमावलीको नियम २१ (घ) मा उल्लेखित शिष्टताको पालना नभएको भन्दै उहाँले केही माननीय सदस्यहरूले पुराना राजनीतिक दलहरूप्रति अशिष्ट र अमानवीय व्यवहार गरिरहेको आरोप लगाउनु भयो ।

उहाँले विपक्षी दलका सदस्यहरूले बोलेका कुरामा सभामुखको ध्यान जाने तर सत्ता पक्षका सदस्यहरूले अमर्यादित बोल्दा बेवास्ता भइरहेको गुनासो समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘भीषण पहिरोका कारण विद्यालय र गाउँबस्तीमा ठूलो क्षति पुगेको छ, सरकारले प्रभावित क्षेत्रमा छिटोभन्दा छिटो राहतको प्रवन्ध मिलाउनुपर्छ । सदनमा पुराना दलहरूले केही गरेनन् भन्दै ‘सदन गनायो’ जस्ता अमानवीय र अशिष्ट शब्दहरू प्रयोग भइरहेका छन् । यस्ता शब्दहरू तत्काल संसद्को रेकर्डबाट हटाइनुपर्छ ।’

सदनमा उपस्थित सबै २७५ जना सांसदहरू जनताको आवाज बोल्न आएका र सबैको हैसियत बराबर रहेको उल्लेख गर्दै उहाँले संसद् वादविवाद वा प्रतिष्पर्धा गर्ने थलो नभएको स्पष्ट पार्नुभयो ।