२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसीबी बन्यो प्लेअफमा पुग्ने पहिलो टिम



अ+ अ-

काठमाडौँ। रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको आफ्नो पहिलो खेलमा पञ्जाब किंग्सलाई २३ रनले पराजित गरेको छ।

धर्मशालास्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भएको यस प्रतिस्पर्धामा आरसीबीले प्रस्तुत गरेको २२३ रनको विशाल लक्ष्य पछ्याएको पञ्जाब निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १९९ रनमा समेटियो। यो शानदार जितसँगै बेंगलोर जारी सिजनको प्लेअफमा सुरक्षित रूपमा प्रवेश गरेको छ।

टस हारेर पहिले ब्याटिङ गरेको बेङ्गलोरले वेंकटेश अय्यरको अविजित ७३ रन र विराट कोहलीको ५८ रनको मद्दतले ४ विकेट गुमाएर २२२ रनको विशाल योगफल खडा गरेको थियो।

 पञ्जाबका लागि हरप्रीत बराडले दुई तथा अर्शदीप सिंह र युजवेन्द्र चहलले एक–एक विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबका लागि शशांक सिंहले ५६ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९९ रन मात्र जोड्न सक्यो।

बेङ्गलोरका रासिख सलाम डारले ३ र भुवनेश्वर कुमारले २ विकेट लिएपछि पञ्जाबले लगातार छैटौँ हार बेहोर्नुपर्‍यो।

आईपीएलको इतिहासमा यी दुई टोलीबीच अहिलेसम्म ३८ पटक भिडन्त भइसकेको छ। जसमा पञ्जाब किंग्सले १८ खेल जितेको छ भने रोयल च्यालेन्जर्स बेंगलोर २० खेलमा विजयी भएको छ। गत सिजनमा फाइनलसहित यी दुईबीच भएका चार भेटमा बेंगलोरले तीन खेलमा बाजी मारेको थियो।