११ श्रावण २०८३, सोमबार
,
Latest
सुनसरी घटनाको विरोधमा जनकपुरधाममा प्रदर्शन सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै सभापति थापाद्वारा संयम अपनाउन अपिल देवानगञ्ज घटनामा मृतकप्रति मुख्यमन्त्री कार्कीको श्रद्धाञ्जली, सामाजिक सद्भाव कायम राख्न आग्रह इतिहास लेखनलाई तथ्यमा आधारित बनाउन सर्वमान्य संयन्त्र गठन गर्नुपर्छः सांसदहरू पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

करिब २० हजार टन ग्याससहित एक ट्याङ्कर हर्मुज हुँदै गुजरात आइपुग्यो



अ+ अ-

गुजरात। पश्चिम एसियामा जारी भीषण युद्ध र बढ्दो तनावका बीच लगभग २० हजार टन खाना पकाउने ग्यास लिएर गणतन्त्र मार्शल (मार्शल टापु) को ध्वजाबाहक एलपीजी ट्याङ्कर आइतबार गुजरातको कान्डलाको दीनदयाल बन्दरगाहमा आइपुगेको छ।

अमेरिकाले इरानमा आक्रमण गरेपछि बदलामा इरानले अमेरिकी सेनाका शिविरहरू र शिबिरहरू रहेका देशका अन्य संरचनामा आक्रमण थालेको थियो । यसले हर्मुज जलडमरुमध्य भएर निर्यात हुने विश्वको करिब २० प्रतिशत इन्धन तथा अन्य सामान रोकिएपछि भारतमा इन्धन सङ्कट छाएको छ।

जहाजको आगमनले खुशी त ल्याएको छ तर यसको खतरनाक यात्राले सामान्य मानिसलाई झस्काउन सक्छ । इरानी नौसेनाको कडा निगरानी, अमेरिकी नाकाबन्दी र युद्धको खतराका बीच जहाजको सुरक्षित निकासी कुनै ठूलो सैन्य कारबाहीभन्दा कम नभएको चालक दलका सदस्यले बताएका छन् ।

जहाजको स्वचालित पहिचान प्रणाली (एआईएस) पनि दुश्मनको राडारबाट बच्न बन्द गर्नुपरेको उनीहरूले बताए ।

यो राहत भारतका लागि पनि निकै महत्वपूर्ण छ किनभने युद्धका कारण देशको इन्धन भण्डारमा दबाब लगातार बढिरहेको छ । यस्तोमा यो आपूर्ति देशको भान्सा र ऊर्जा सुरक्षा दुवैका लागि निकै महत्वपूर्ण मानिन्छ ।

खास कुरा के छ भने जहाजले विश्वको सबैभन्दा संवेदनशील र खतरनाक समुद्री मार्गमध्ये एक ‘स्ट्रेट अफ हर्मुज’ पार गरेर यो यात्रा पूरा गरेको छ । मध्यपूर्वमा पछिल्लो ७५ दिनदेखि जारी युद्धका कारण यो समुद्री मार्ग पूर्ण रुपमा तनावमा छ ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले कतारको रास लाफान टर्मिनलबाट यो ग्यास खरिद गरेको थियो । जहाजमा सवार २१ जना विदेशी चालक दलका सदस्य पनि पूर्ण रुपमा सुरक्षित रहेको बताइएको छ । इरानी नौसेनाको कडा निगरानी र अमेरिकी नाकाबन्दीका बीच ओमानको खाडीमा यो जहाजको सुरक्षित उद्धार कुनै ठूलो मिसनभन्दा कम थिएन ।

स्रोतका अनुसार युद्धक्षेत्र हुँदै जाँदा जहाजले निकै सावधानी अपनाएको थियो । जहाजको ‘अटोमेटिक आइडेन्टिफिकेशन सिस्टम’ अर्थात् एआईएसलाई दुश्मनको राडार र सर्भिलेन्स मेकानिजमबाट बच्न अस्थायी रुपमा बन्द गरिएको थियो । आइएस बन्द भएपछि उक्त जहाज इरानको लाराक टापुको पूर्वी भागबाट निकै सावधानीका साथ अघि बढेको थियो । यही कारण जहाज कुनै पनि प्रकारको निगरानी वा आक्रमणको चपेटामा नपरी सुरक्षित रूपमा भारतीय सीमामा पुग्न सक्थ्यो ।

यो सम्पूर्ण अभियानलाई सफल बनाउन भारत सरकार र सम्वद्ध मन्त्रालयले महत्वपूर्ण भूमिका खेलेका छन् ।

स्रोतका अनुसार जहाजलाई कुनै पनि गोलाबारी वा सैन्य कारबाहीबाट टाढा राख्नका लागि चौबीसै घण्टा निगरानी भइरहेको छ । मार्च महिनाको सुरुदेखि स्ट्रेट अफ हर्मुज पार गरेर भारत पुग्ने यो १३ औं जहाज हो ।

भियतनामको अर्को ट्याङ्कर ‘एनवी सनशाइन’ पनि त्यही समुद्री मार्गबाट भारततर्फ जाँदैछ । ट्याङ्कर न्यू मङ्गलोर बन्दरगाहमा पुग्नेछ । यस्तोमा आगामी दिनमा भारतलाई खाना पकाउने ग्यासको आपूर्तिमा केही राहत मिल्न सक्ने विश्वास गरिएको छ ।

वास्तवमा पश्चिम एसियामा जारी युद्धको प्रभाव भारतको ऊर्जा भण्डारमा पनि स्पष्ट देखिन्छ । देशको रणनीतिक कच्चा तेलको भण्डारमा करिब १५ प्रतिशतले गिरावट आएको छ ।

तथ्याङ्क अनुसार भारतको तेल भण्डार १०.७ मिलियन ब्यारेलबाट घटेर ९.१ मिलियन ब्यारेलमा झरेको छ । यही कारण केन्द्र सरकारले लगातार ऊर्जा बचतमा जोड दिइरहेको छ । हालै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि देशवासीलाई पेट्रोल र डिजेलको विवेकपूर्ण प्रयोग गर्न र इन्धन बचाउन अपिल गर्नुभएको थियो ।

विश्लेषकहरुका अनुसार यदि मध्यपूर्वमा तनाव थप बढ्यो भने भारतसहित विश्वका धेरै देशका लागि ऊर्जा आपूर्ति ठूलो चुनौती बन्न सक्छ । अहिले मार्सलको ध्वजाबाहक जहाजको भारतमा सकुशल आगमन भारत सरकार र ऊर्जा क्षेत्रका लागि ठूलो सफलता मानिएको छ । (रासस/एएफपी)