२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरगञ्जको घण्टाघर क्षेत्रमा सरसफाइ



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय सरसफाइ सप्ताहअन्तर्गत वीरगञ्ज महानगर र ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रले आज वीरगञ्जको घण्टाघर परिसरमा बृहत् सरसफाइ गरेको छ । सङ्घीय सरकारले सप्ताहव्यापी रूपमा राष्ट्रिय सरसफाइ सप्ताह सञ्चालन गर्न अनुरोध गरेअनुसार नै यहाँ पनि सरसफाइ गरिएको हो ।

ग्रिनिसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले सरसफाइ सप्ताहअन्तर्गत दिनहुँजसो सरसफाइ गर्दै आइरहेको जानकारी दिनुभयो । “हामीले वीरगञ्जलाई स्वच्छ र हराभरा बनाउनका लागि एक दिन मात्रै नभएर वर्षभरि नै सरसफाई र वृक्षरोपणको काम गर्दै आइरहेका छौँ,” उहाँले भन्नुभयो, “सङ्घीय सरकारले राष्ट्रिय सरसफाइ सप्ताह मनाउन अनुरोध गरेपछि सरसफाइ नगर्ने त कुरै नै भएन ।”

वीरगञ्ज महानगरको फोहोरमैला व्यवस्थापन गर्दै आएको एनके इन्टरनेसनल इन्टरप्राइजेजका सञ्चालक शिव गुप्ताले वीरगञ्जमा दिनको तीन पटकभन्दा धेरै सयम फोहोरमैला सङ्कलन गर्दै आइरहेको बताउनुभयो । “हामीले नियमित रूपमा तीन पटकभन्दा धेरै समय सरसफाइकर्मी खटाएर वीरगञ्जलाई सफा बनाउने काममा खटिरहेका छौँ,” उहाँले भन्नुभयो, “विगतको एक दशकको तुलना वीरगञ्जको सरसफाइ निकै राम्रो भइरहेको छ ।”

वीरगञ्जको घण्टाघर सन् १९७९ फ्रेबुअरी ७ तारिखमा स्थापना भएको थियो । जापानको योनागो सहरका विद्यार्थीको एक दिनको खाजाको पैसा कटाएर घण्टाघर र त्यहाँ घडी राख्न आवश्यक बजेटको प्रबन्ध मिलाइएको स्थानीय ज्येष्ठ नागरिकको कथन छ ।