६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रात्रिकालीन व्यवसायको अनुगमन गर्न माग



अ+ अ-

काठमाडौं । होटल सङ्घ पोखरा नेपाललगायत पोखराका पर्यटनसम्बद्ध सङ्घसंस्थाले रात्रिकालीन व्यवसायको प्रभावकारी अनुगमन गर्न माग गरेका छन् ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी नेतृत्वको टोलीले आज कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानाकर्षणपत्र बुझाउँदै रात्रिकालीन व्यवसायका नाममा हुने गरेका विकृतिहरू नियन्त्रणका लागि अनुगमन गर्न माग गरेको हो ।

यसअघि गरिएको रात्रिकालीन व्यवसायसँग सम्बन्धित ४२ बुँदे आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि अनुगमनलाई तीव्रता दिन आग्रह गरिएको छ ।

पोखरालाई २०८० चैत ४ गते पर्यटकीय राजधानी घोषणा गर्ने निर्णयको अवसर पारेर जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा ४२ बुँदे आचारसंहिता बनाएर त्यसको पालना गर्दै २४सैं घण्टा व्यवसाय सञ्चालन गर्न दिने सहमति भएको थियो ।

उक्त आचारसंहिता प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा होहल्ला, ध्वनि प्रदूषण र विकृति बढ्दा शान्ति सुरक्षामा नै असर परेकाले ध्यानाकर्षणपत्रमा भनिएको छ । राति २ः०० बजेपछि रात्रिकालीन व्यवसायलाई सञ्चालनमा रोक लगाउनसमेत अनुरोध गरिएको छ ।