२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिकाद्वारा सञ्चालित स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट हालसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

कामपाको चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक लाख ७६ हजार २९१ जनाले स्वास्थ्य सेवा लिएका कामपाले जनाएको छ । कामपा स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसीका अनुसार ७३ हजार ५०४ जनाले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा बढी भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आव २०८०/८१ मा एक लाख २४ हजार ४४ जना सेवाग्राहीमध्ये ३५ हजार ९६६ जनाले ओपिडी सेवा लिनुभएको थियो । आव २०८१/८२ मा एक लाख ९४ हजार १९३ जना कुल सेवाग्राहीमध्ये ओपिडी सेवा लिनेको सङ्ख्या ५९ हजार ५९ थियो ।”

उहाँका अनुसार यस वर्ष करिब दुई लाख ४० हजार सेवाग्राहीले सेवा लिने आकलन गरिएको छ । केसीले भन्नुभयो, “कामपाको कुल बजेटको तीन दशमलव नौ प्रतिशत स्वास्थ्य क्षेत्रका लागि विनियोजित छ ।” उहाँका अनुसार सुशासन र व्यवस्थापन क्षेत्रअन्तर्गत छ वटा उपक्षेत्र, ७५ वटा सूचक र ७६ मूल्याङ्कन अङ्कभार छ ।

क्लिनिकल सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, १७५ वटा सूचक र २०८ अङ्कभार तथा स्वास्थ्य संस्था सहयोगी सेवा व्यवस्थापन क्षेत्रअन्तर्गत नौ वटा उपक्षेत्र, ८६ वटा सूचकको ९५ अङ्कभारमा मूल्याङ्कन गरिएको उहाँले जानकारी दिनुभयो । कामपाले हरेक वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गरेको छ ।

उपचारात्मक सेवामा प्राथमिक स्वास्थ्योपचार, स्वास्थ्य बिमा, सुरक्षित मातृशिशु, सुरक्षित गर्भपतन, क्षयरोग नियन्त्रण, स्वास्थ्य शिविर, फार्मेसी, एकीकृत नवजात शिशु तथा बाल रोग व्यवस्थापन सेवा सञ्चालित छन् ।

त्यस्तै कुष्ठरोग नियन्त्रण सेवा, ज्येष्ठ नागरिक स्वास्थ्य सेवा, आयुर्वेद सेवा, बहुदीर्घकालीन रोग व्यवस्थापन सेवा, डेङ्गी रोग नियन्त्रणका कार्यक्रम सञ्चालनमा रहेकास्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रवर्द्धनात्मक सेवामा राष्ट्रिय खोप सेवा, परिवार नियोजन, नसर्ने रोग नियन्त्रण, सचेतना महाअभियान, सरुवा रोग नियन्त्रणलगायत कार्यक्रम रहेका छन् ।