२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्माण व्यवसायी महासंघद्वारा सरकारलाई ज्ञापनपत्र, मूल्य समायोजन र म्याद थपको माग



अ+ अ-

काठमाडाैँ । निर्माण व्यवसायी महासंघले शुक्रबार एकीकृत पूर्वाधार विकास मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको छ। अत्यधिक मूल्यवृद्धिका कारण देशभरका विकास आयोजनाहरू ठप्प हुने अवस्थामा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेपको माग गरिएको हो।

महासंघका अध्यक्ष निकोलस पाण्डे नेतृत्वको टोलीले एकीकृत पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल सिग्देल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीसँग भेट गरी ज्ञापनपत्र बुझाएको हो। महासंघले निर्माण सामग्रीको मूल्य अस्वाभाविक रूपमा बढेपछि काम सञ्चालन गर्न कठिन भएको जनाएको छ।

अध्यक्ष पाण्डेले निर्माण क्षेत्र गम्भीर संकटमा परेको उल्लेख गर्दै ठेक्का सम्झौतामा तत्काल मूल्य समायोजन आवश्यक रहेको बताए। उनका अनुसार काम रोकिएका आयोजनाहरूको म्याद २०८४ असारसम्म थप गर्नुपर्ने, आगामी बजेटमा स्पष्ट बजेट शीर्षक र समयमै भुक्तानीको व्यवस्था हुनुपर्ने माग गरिएको छ।

उनले आन्दोलनकै बीचमा निर्माण व्यवसायीमाथि दबाब र धरपकड बढेको भन्दै आपत्ति जनाए। अनुसन्धानको नाममा व्यवसायीलाई दुःख दिँदा लगानीको वातावरण बिग्रने उनको भनाइ छ।

पाण्डेले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण सिमेन्ट, डन्डी, बालुवा लगायत निर्माण सामग्रीको लागत अत्यधिक बढेको बताए। बिटुमिनको अभावले समेत परियोजनामा प्रत्यक्ष असर परेको उनको भनाइ छ।

उनका अनुसार अहिलेको अवस्थाले निर्माण कार्य जारी राख्दा दोब्बरभन्दा बढी घाटा हुने स्थिति सिर्जना भएको छ। उनले भने, “निर्माण क्षेत्र होलिडेमा गएको छ, काम गर्ने अवस्था छैन। मूल्य समायोजनबिना अगाडि बढ्न सकिँदैन।”

महासंघले सरकारलाई तत्काल मूल्य समायोजन निर्देशिका जारी गर्न र लागत वृद्धिको प्रभावलाई सम्बोधन गर्न सहुलियत व्यवस्था गर्न माग गरेको छ। माग सम्बोधन नभएसम्म काम अघि बढाउने अवस्था नरहेको व्यवसायीहरूले चेतावनी दिएका छन्।