२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऋण असुली सहजीकरणका लागि विवरण बुझाउन महानगरको आग्रह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका अन्तर्गतको सहकारी सम्बन्धी विभागले सहकारी संस्थाबाट ऋण लिएर लामो समयसम्म भाखा नाघ्दा पनि ऋण चुक्ता नगर्ने तथा सम्पर्कविहीन रहेका ऋणी सदस्यहरूको विवरण सङ्कलन गरी ऋण असुली प्रक्रिया प्रभावकारी बनाउन सहजीकरण गरिरहेको जनाएको छ।

विभागले प्रचलित सहकारी ऐन तथा नियमावली बमोजिम SMS तथा पत्राचारमार्फत ऋणी सदस्यहरूसँग सम्पर्क र सहजीकरण गर्ने कार्य अघि बढाइरहेको उल्लेख गर्दै महानगर क्षेत्राधिकारभित्र रहेका इच्छुक सहकारी संस्थाहरूलाई आवश्यक विवरण तथा कागजातसहित विभागमा उपलब्ध गराउन सूचना जारी गरेको हो।

महानगरका अनुसार ऋण असुली सहजीकरणका लागि सहकारी संस्थाले सञ्चालक समितिको निर्णयको प्रतिलिपि, ऋणी सदस्यको पूरा नाम, नागरिकताको प्रतिलिपि, ऋणको साँवा तथा ब्याज रकम विवरण, तमसुकको प्रतिलिपि, सदस्यता नम्बर तथा सम्पर्क मोबाइल नम्बर उपलब्ध गराउनुपर्नेछ।

त्यसैगरी, नागरिकता, सदस्यता नम्बर, ऋण विवरण तथा मोबाइल नम्बरलगायतका विवरणहरू Excel Sheet को Soft Copy समेत बुझाउन विभागले आग्रह गरेको छ।

विभागले यस्ता विवरण उपलब्ध गराएपछि सम्बन्धित ऋणी सदस्यहरूसँग सम्पर्क गरी ऋण असुली प्रक्रिया सहज बनाउन आवश्यक सहजीकरण गरिने जनाएको छ।




भर्खरै