५ श्रावण २०८३, मंगलवार
,
Latest
हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रसँगको सहकार्यमा समृद्धि अभियान अघि बढाइने



फाइल फोटो
अ+ अ-

काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको आर्थिक गतिविधि सुदृढ बनाउन निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित चौथो कार्यकारिणी समितिको पदस्थापन समारोहको उद्घाटन गर्दै उहाँले निजी क्षेत्रलाई विश्वासमा लिएर समृद्धिको अभियान अघि बढाइने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले राजनीतिक स्थायित्वसँगै मुलुकले आर्थिक रूपमा सकारात्मक दिशा लिने विश्वास व्यक्त गर्दै वर्तमान सरकारले देशविकासप्रति जनतामा विश्वास बढाएको बताउनुुभयो । उहाँले प्रदेश सरकारले आगामी बजेटलाई उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्न निर्देशन दिइएको बताउँदै विकासलाई सडक र पुलमा मात्र सीमित नराखी सूचना प्रविधि, पर्यटन तथा औद्योगिक क्षेत्रमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले उद्योग–व्यवसायमैत्री वातावरण निर्माणमा महानगरले निरन्तर सहयोग गर्ने बताउनुभयो । महासङ्घका नवनिर्वाचित अध्यक्ष राजेन्द्रबहादुर राउतले जलविद्युत्, पर्यटन, उद्योग र कृषिको आधुनिकीकरण गरेर समृद्ध नेपाल निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।




भर्खरै