६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

ऊर्जा विकासका लागि दशक घोषणा गरी अघि बढ्नुपर्छः सांसद श्रीराम न्यौपाने

ऊर्जा विकासका लागि दशक घोषणा गरी अघि बढ्नुपर्छः सांसद श्रीराम न्यौपाने
अ+ अ-

काठमाडाैँ । सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय संकल्पलाई सफल बनाउन ‘ऊर्जा विकास दशक’ घोषणा गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ।

इप्पानले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिले शक्तिशाली सरकार गठन भएको र राजनीतिक इच्छाशक्ति पनि बलियो रहेकाले नेपाललाई ५ वर्षभित्र ऊर्जामा आत्मनिर्भर तथा १० वर्षभित्र ऊर्जा निर्यातकर्ता राष्ट्र बनाउन सकिने बताउनुभयो।

उहाँले एक दशकलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी १० वर्षका लागि ‘सनसेट ल’ लागू गर्ने प्रयास सरकारले गरिरहेको उल्लेख गर्नुभयो। सांसद न्यौपानेका अनुसार नेपालमा पानी, घाम र हावाबाट मात्रै डेढ लाख मेगावाटसम्म हरित ऊर्जा उत्पादन गर्न सकिने सम्भावना अध्ययन तथा अनुसन्धानले पुष्टि गरिसकेको छ। तर अहिले पनि देशले पेट्रोलियम पदार्थ आयातमा झन्डै ३ खर्ब रुपैयाँ खर्च गरिरहेको उहाँको भनाइ छ।

उहाँले अब नेपाल भाषणले नभई ऊर्जा क्रान्तिबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो। प्रत्येक नेपालीको घरमा विद्युतीय भान्सा, प्रत्येक खेतमा विद्युतीय सिँचाइ तथा प्रत्येक सहरलाई ईभी–मैत्री बनाउनुपर्ने उहाँले बताउनुभयो। साथै उद्योगहरूलाई सस्तो र भरपर्दो विद्युत उपलब्ध गराउनुपर्ने तथा अतिरिक्त विद्युतबाट ग्रीन हाइड्रोजन उत्पादनतर्फ जानुपर्ने आवश्यकता औँल्याउनुभयो।

सांसद न्यौपानेले पर्याप्त विद्युत उत्पादन भए उद्योग सञ्चालनमा आउने, रोजगारी सिर्जना हुने र आर्थिक विकासले गति लिने बताउनुभयो। उहाँले ऊर्जा क्षेत्रलाई प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने, निजी क्षेत्रलाई खुला प्रतिस्पर्धाको वातावरण दिनुपर्ने तथा एकद्वार प्रणाली लागू गर्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै, प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने र ऊर्जा क्षेत्रको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने उहाँको भनाइ थियो। नेपाल विद्युत् प्राधिकरणको एकाधिकार अन्त्य गरी प्रतिस्पर्धात्मक ऊर्जा बजारतर्फ जानुपर्नेमा जोड दिँदै उहाँले बैंक, गैरआवासीय नेपाली संघ (एनआरएन) तथा विभिन्न कोषहरूको लगानी ऊर्जा क्षेत्रमा केन्द्रित गर्न आवश्यक रहेको बताउनुभयो।

उहाँले युवालाई विदेश जाने बाध्यताबाट रोक्न नेपालमै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउनुपर्ने उल्लेख गर्दै अब नेपाल बिजुली माग्ने देश नभई बिजुली बेच्ने देश बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।