१२ भाद्र २०८३, शुक्रबार
,
Latest
सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास रसुवा बाढीः २८ व्यक्ति सम्पर्कविहीन चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला रसुवा बाढीबारे निर्णय गर्न प्रधानमन्त्री शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु रसुवामाथि चीनतर्फ बनेको ताल फुट्यो, सुरक्षाकर्मी र सर्वसाधारणलाई सतर्क रहन आग्रह बाढी प्रभावितका लागि आर्थिक सहयोग गर्दा सजग रहन प्रधानमन्त्री सचिवालयको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मागियो प्रधानमन्त्रीको राजीनामा



अ+ अ-

काठमाडाैँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनुअघि नै विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई लिएर आपत्ति जनाएका छन् । उनीहरूले प्रधानमन्त्रीको राजीनामा समेत माग गर्दै संसद्मा अवरोध गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल सुरु गर्ने कार्यसूची तय गरिएको थियो । तर छलफलका क्रममा प्रधानमन्त्रीले दिनुपर्ने जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्ने भएपछि विपक्षी सांसदहरू आक्रोशित बनेका हुन् ।

संसद् बैठकमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलका सांसदहरूले विरोध जनाउँदै उहाँको खोजी गरेका छन् । उनीहरूले नीति तथा कार्यक्रम जस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

विपक्षीको नाराबाजी र अवरोधका कारण बैठक केही समय प्रभावित बनेको छ । यसबीच संसद् परिसरमा तनावपूर्ण अवस्था देखिएको छ भने कार्यसूचीअनुसार छलफल अघि बढाउने वा स्थगित गर्ने विषयमा अन्योल सिर्जना भएको छ ।