२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा बोलाउन सभामुखसँग काँग्रेसको आग्रह



अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखसँग रुलिङ गर्न आग्रह गरेको छ ।

प्रतिनिधि सभाको बुधवार बसेको बैठकमा काँग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री सदनमा अनुपस्थित रहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रधानमन्त्री आफैले प्रश्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन सदनमा उपस्थित हुनुपर्ने बताउनु भयो । उहाँले संसदको गरिमा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा बोलाउन आग्रह गर्नुभयो ।

उहाँले महाभियोग बाहेक अरु अवस्थामा संसदमा न्यायधीश र न्यायलयको बारेमा बहस गर्न नपाईने बताउनु भयो । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका उपनेता गणेश पराजुलीले मंगलवार संसदको रोष्टम प्रयोग गरेर न्यायधीशको आलोचना गरेको भन्दै उहाँले असन्तुष्टी जनाउनु भयो ।

उहाँले रास्वपा संविधानभन्दा माथी हो ? भन्दै प्रश्न उठाउनु भयो । उहाँले सभामुखलाई असंवैधानिक गतिविधि रोक्न ध्यानाकर्षण समेत गराउनु भयो ।