६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले दलित समूदायका लागि प्राथमिकताका साथ बजेट विनियोजन गरोस्ः रिमा विश्वकर्मा



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रिमा विश्वकर्माले दलीत समुदायको उत्थानको लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्न सरकारसँग माग गर्नुभएको छ ।

मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद विश्वकर्माले दलित समूदायलाई न्याय दिने कुरामा पनि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनु भयो । उहाँले हिरासतमा आत्माहत्या गर्नेहरुको संख्या बढदै जाँदा पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।

सांसद विश्वकर्माले सरकारले दलित समूदायको हित प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो ।