२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

केही सीमित समूहले पुँजी बजारमा हेरफेर गरी जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले केही सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पती आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको बताउनुभएको छ ।

मंगलवार अर्थ समिति बैठकमा बोल्दै उहाँले विगत केही वर्षमा वित्तीय तथा आर्थिक संस्थाहरू निश्चित व्यक्तिहरूको कब्जामा गएको कटु यथार्थ स्वीकार गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री वाग्लेले नेपालको पुँजी बजारलाई व्यावसायिक, पारदर्शी र विश्वस्तरीय मापदण्डअनुसार विकास गर्ने सरकारको लक्ष्य रहेको स्पष्ट पार्नुभयो । उहाँले केही समूहले बजारमा कृत्रिम प्रभाव सिर्जना गरेर राजनीतिक नेतृत्वसम्म प्रभावित पार्ने अवस्था सिर्जना भएको टिप्पणी गर्नुभयो ।

अर्थमन्त्री वाग्लेले भन्नुभयो,”संस्थान र पुँजी बजार सम्बन्धी पनि धेरै रिफर्महरू गरिराखिएको छ । स्टक एक्सचेन्जको पुनः संरचनाको लागि गठन गरिएको एउटा समितिले जुन प्रतिवेदन दिएको छ, त्यसलाई हामी कार्यान्वयन गछौं । हिजो पनि स्टक मार्केट, पुँजी बजार बारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ राष्ट्रपति मार्फत र यसलाई बजेटमा हामी थप आकार दिन्छौँ । यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो ।  तर विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ,”।

उहाँले स्टक एक्सचेन्ज पुनःसंरचनाका लागि गठन गरिएको समितिको प्रतिवेदन कार्यान्वयन गरिने जानकारी दिँदै सरकारले पुँजी बजारमा व्यापक सुधारको तयारी गरिरहेको बताउनुभयो । राष्ट्रपतिमार्फत सार्वजनिक नीति तथा कार्यक्रममा समेत पुँजी बजारप्रति उदार नीति घोषणा भइसकेको उल्लेख गर्दै आगामी बजेटमार्फत त्यसलाई थप ठोस आकार दिइने उहाँको भनाइ थियो ।

उहाँले ‘जेन–जी आन्दोलन’ लाई परिवर्तनको महत्वपूर्ण कारकका रूपमा उल्लेख गर्दै त्यसले मुलुकलाई गलत दिशातर्फ जानबाट जोगाएको दाबी गर्नुभयो । अहिले सरकार सुशासनलाई केन्द्रमा राखेर अघि बढिरहेको बताउँदै उहाँले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै पहिलो वर्ष सुशासनको आधार निर्माणमा केन्द्रित हुने र त्यसपछि विकास निर्माणका काम स्वतः अघि बढ्ने धारणा व्यक्त गर्नुभयो ।




भर्खरै