३१ श्रावण २०८३, आईतवार
,
Latest
मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको छायाँदेवी कम्प्लेक्स भत्काउन माग



अ+ अ-

काठमाडौं । काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको कमलपोखरी पुरेर निर्माण गरिएको छायाँदेवी कम्प्लेक्स भत्काउन सम्पदा संरक्षण नेपालका अभियानकर्मीले माग गरेका छन् ।

अभियानकर्मी आज माइतीघर मण्डलामा प्ले–कार्ड प्रदर्शनमा बसेका थिए । उनीहरुले विगतका सरकारका पालामा ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वका सम्पदा मासेर निजी भवन बनाउँदा वास्ता नगरेको गुनासो गरे ।

त्यसबेला गरिएको उजुरीको सुनुवाइ नगरी बेवास्ता गरेकाले वर्तमान सरकारले सार्वजनिक जग्गा खाली गराइरहँदा यस विषयमा जागरण फैलाउन प्रदर्शन गरिएको उनीहरुको भनाइ छ ।

सम्पदा संरक्षण नेपालका सभापति कवीर डङ्गोलले ठमेलको कमलपोखरी पुरानै स्वरुपमा पुनःस्थापित नभएसम्म अभियान जारी रहने बताए ।

‘सम्पदा जोगाऔँ, सार्वजनिक पोखरी बचाऔँ’ भन्ने नाराका साथ अभियानकर्मीले ठमेलको कमलपोखरी सार्वजनिक स्थल भएकाले त्यसको अतिक्रमण गरी बनाइएको संरचना कानुनविपरीत भएको बताएका छन् ।