२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको आरोप सम्पत्ति छानबिन आयोगद्वारा विवरण बुझाउने म्याद असार मसान्तसम्म थप पाकिस्तानी हवाई आक्रमणमा १३ सर्वसाधारणको मृत्यु मनाङको विकास यात्रा सडक, पर्यटन र पूर्वाधारमा नयाँ आयाम बूढानीलकण्ठबाट चेक अनादर मुद्दामा फरार दोषी पक्राउ नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले भैरहवामा ४१ लाखभन्दा बढी मूल्यका भन्सार छलेका सामान बरामद, प्रहरीद्वारा गोदाममा छापा संसद्को गतिरोध अन्त्य गर्न सभापति लामिछाने सक्रिय, विपक्षी नेतासँग छलफल अघिल्ला सरकारले ल्याएका गरिबमुखी तथा लोककल्याणकारी कार्यक्रमलाई निरन्तरता दिएका छौँः अर्थमन्त्री वाग्ले ‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौं । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ४३ वर्षीय आनन्द राईको करेन्ट लागेर र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका ४५ वर्षीय सुनिल कार्कीको भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँमा विस्तार गरिएको विद्युत् अवरुद्ध भएपछि पुनःसञ्चालन गर्नका लागि ट्रान्सफर्मरको फ्युज फेर्न पोलमा चढेको समयमा करेन्ट लाग्दा आनन्दको बुधबार साँझ घटनास्थलमै मृत्यु भएको बतासेका वडाध्यक्ष बबेन्द्र राईले जानकारी दिए  ।

महादेवस्थानका कार्कीको बाढीले अवरुद्ध गरेको खानेपानीको मुहान सफा गर्न जाँदा भीरबाट लडेर मृत्यु भएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए  ।