२७ जेष्ठ २०८३, बुधबार
,
Latest
अर्थमन्त्री वाग्लेलाई राप्रपा सांसद शाहीको प्रश्नः संसदीय छानबिन समिति गठन गर्न किन हिचकिचाहट ? सरकारी वेबसाइटहरू अब पहुँचमैत्री, सबै नागरिकका लागि डिजिटल सेवा सहज बनाइयो सुरक्षा कारण देखाउँदै अमेरिकाले केही विदेशी फुटबल अधिकारीलाई भिसा नदिएपछि विश्वकप तयारीमा थपियो विवाद दरबार हत्याकाण्ड पुनःछानबिन गर्ने निर्णयप्रति राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको स्वागत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जेठ २८ गते बस्ने, कार्यान्वयन प्रगति र उपसमिति गठन… संयुक्त राष्ट्रको चेतावनी: सुडान–चाड द्वन्द्वले मध्य अफ्रिकामा सुरक्षा र मानवीय संकट गहिरिँदै महावीर पुन नेतृत्वमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले गर्‍याे काम सुरु, ओएनएम तयारीमा पोखराका सुकुमवासी र न्यून आय परिवारका लागि निःशुल्क म्यादी जीवन बिमा सुरु स्याङ्जाका रोमकान्त रेग्मीको मौरी व्यवसाय, वार्षिक रु ८ लाख आम्दानी सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि उत्पादन बढाउन सरकारले अर्ग्यानिक कृषि खेतीमा जोड दिनुपर्छः सांसदहरु



अ+ अ-

काठमाडौँ। प्रतिनिधि सभाका सांसदहरुले कृषि उत्पादन बढाउन अग्र्यानिक कृषि खेतीमा जोड दिनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको कृषि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो धारणा राखेका हुन् । उनीहरूले वैज्ञानिक अध्ययन र दीर्घकालीन योजनाअनुसारको कृषि नीति लागू गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

बैठकमा बोल्दै रास्वपाका सांसद सागर ढकालले कृषि क्षेत्रमा देखिएका समस्याको पहिचान गरी समाधानका उपाय सुझाउन विश्वविद्यालयहरूसँग सहकार्य गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले कृषि औद्योगिकीकरणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै बाँदर तथा बँदेलको समस्या समाधानका लागि विशेष नीति अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्रमा देखिएका समस्याहरुको पहिचान गरि समाधानका उपायबारे सिफारिस गर्न विश्वविद्यालयलाई अनुरोध गरौँ । त्यस्तै कृषि औद्योगिकरणमा पनि हामीले फोकस गर्नुपर्छ । बाँदर तथा बँदेलको समस्या समाधानको लागि पनि विशेष नीति लागु गर्नुपर्छ । बाँदर मार्नुपर्छ भनेर हचुवाको तालमा चाँही बोल्नु हुँदैन ।’

नेकपा (एमाले) का सांसद लक्ष्मीप्रसाद पोखरेलले भूमि व्यवस्थापनमा सरकारको कार्यशैलीले नागरिकमा त्रास पैदा गरेको टिप्पणी गर्नुभयो । उहाँले ऐलानी जग्गामा जग्गामा बसोबास गर्दा पनि सरकारी जग्गा अतिक्रमण गरेको आरोप लाग्ने डर बढेको भन्दै त्यसले जनतामा अन्योल र असुरक्षा बढाएको भन्दै उहाँले सरकारको विरोध गर्नुभयो । उहाँले नागरिकमा देखिएको त्रासलाई आत्मविश्वासमा बदल्नेगरी सरकारले सोच्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘भूमि व्यवस्थापनको विषयमा सरकारको कामबाट पछिल्लो समयमा आतंक सिर्जना भएको छ । ऐलेनि जग्गामा बसोवास गर्नुपनि सार्वजनिक सरकारी जग्गा अतिक्रमण गर्नु हो भन्ने कुरा बुझेर जनतामा आतंक पैदा भएको छ । नागरिकमा जुन त्रास छ त्यसलाई आत्मविश्वासमा परिणत गर्नको लागि सरकार सम्बन्धीत मन्त्रालयले के गर्दैछ भन्ने विषयमा मन्त्रालयसँग कुरा गर्नुपर्नेछ ।’

नेपाली काँग्रेसका सांसद सन्तोष सुब्बाले रैथाने बालीको बीउ संरक्षणमा जोड दिनुभयो । उहाँले सरकारले रासायनिक मल अभाव भएको पनि भन्ने अर्को तर्फ स्वास्थ्यबारे पनि सजक हुनुपर्छ भन्ने दोधारे नीतिमा विरोधाभास रहेको बताउनु भयो । उहाँले अग्र्यानिक मल उत्पादनमा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘रैथाने बालीको बिउ बिजनको संरक्षण गर्ने कुरामा जोड दिनुपर्छ । धेरै जना मानीयज्यूले रासायनिक मल लगायतका समस्याको कुरा उठाउनुभएको छ ।

मैले सरकारको नबुझेको नीति के हो भने मल पुगेन भन्दै जाने अनि स्वास्थ्य जोगाउँ पनि भन्ने ? हाम्रो लक्ष्य के हो ? हामी कहाँ जान खोजिरहेका छौँ । यसको समाधानका उपायको खोजि गर्नुपर्छ । र अग्र्यानिक मल उत्पादनमा सरकारले लगानी गर्नुपर्छ ।’

बैठकमा बोल्ने अधिकांश सांसदहरुले कृषि उत्पादन बढाउन अग्र्यानिक मल उत्पादनमा जोड दिए । –न्युज एजेन्सी नेपाल




भर्खरै