२७ जेष्ठ २०८३, बुधबार
,
Latest
सीमाका विषयमा सत्ता–प्रतिपक्ष एकताबद्ध हुन राप्रपा नेता शाहीको आग्रह, प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग समय नमागेको भन्दै बोल्ने अवसर नदिएपछि श्रम संस्कृति पार्टीका सांसदहरूले गरे संसदमा नाराबाजी दरबार हत्याकाण्डको मात्रै होइन, मदन भण्डारी मृत्यु प्रकरणको पनि छानविन गरौँः कुलमान घिसिङ प्रधानमन्त्री बालेन्द्र साह सीमा, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानका विषयमा नागरिकलाई विभाजित गर्न अग्रसरः नेकपा प्रधानमन्त्रीले नै संसद्मा स्पष्टीकरण दिनुपर्ने एमालेको माग, परराष्ट्रमन्त्रीको जवाफप्रति असहमति नेता आङ्देम्बेले संसदमा प्रयोग गरेका ‘अपमानजनक शब्द’ हटाउन रास्वपा सांसद बास्कोटाकाे माग नेपालले भारतको भूभाग मिचेको कुनै तथ्य र प्रमाण छैन: एमाले नेता थापा संसदको विद्यमान संकट समाधान गर्ने काम प्रधानमन्त्री र रवि लामिछानेको हातमा छः बादल कुलमान भन्छन्ः वागमती प्रदेशमा अब हामी सरकार बनाउँछौँ मिचिएको भूमि फिर्ता ल्याउन सरकारले ठोस पहल गर्नुपर्छ: कांग्रेस नेता आङदेङम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु



अ+ अ-

काठमाडाैँ । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन् । विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए तापनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् ।

सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पु गिरीले सेजमा रहेका आधा दर्जनभन्दा धेरै उद्योगले उत्पादन थालिसकेको बताए  । “सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन्”, उनले भने,“एक दर्जनभन्दा धेरै उद्योग अहिले निर्माणाधीन अवस्थामा रहेका छन् ।”

सेजमा रहेको पशुपति सेरामिक्स प्रालिले सेरामिक्ससम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आइरहेको छ । सो उद्योगले करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आइरहेको छ । त्यस्तै ब्रिलियन सु प्रालिले पनि जुत्ता तथा चप्पल उत्पादन गर्दै आइरहेको छ । सो परिसरमा रहेको अर्काे उद्योग बालाजी म्यानुफ्याक्चिरिङले पनि उत्पादनको काम गर्दै आइरहेको छ । त्यसैगरी, नेपाल एग्रो टुल्स कम्पनीले पनि कृषि सम्बन्धित उत्पादन गर्दै आइरहेको छ ।

एसीएम भेहिकल्सले पनि यहाँ उद्योग स्थापना गरेर उत्पादन गर्दै आइरहेको छ । त्यस्तै, बायोकल्प नेपाल नामक कम्पनीले पनि उम्पादन गर्दै आइरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । चालु रहेका उद्योगमा करिब सात सयभन्दा धेरैले रोजगारीको अवसर प्राप्त गरेका छन् । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका सबइन्जिनियर अजयकुमार चौधरीले सिमरा सेजमै अहिले करिब एक दर्जनभन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए।

सेजमा औसत उद्योगले दुई करोडदेखि दुई सय करोडसम्मको लगानी गरेका छन् । सेजमा प्रतिवर्गमिटर रु पाँचका दरले लिजमा लिएर उद्योग सञ्चालन गर्ने प्रावधान छ । अहिले सेजमा नेपोभिट सेरामिक्स प्रालि, केभेक्स हिमालयन, रेम्बो एग्रो, ओमकार ग्रेनाइट प्रालि, बवाङ उइयाङ्ग बायो टेक्नोलोजी, लाडिकर प्रालि, ओममेघाश्री प्रालि, हुलास केबल प्रालि, मातारा मसला उद्योग, एभेरेष्ट मसला प्रालिलगायत उद्योग निर्माणाधीन अवस्थामा छन् ।

‘ए’ ब्लकमा ३४३ बिघा जग्गा रहेको छ । जहाँ अहिले आधा दर्जनभन्दा धेरै उद्योग चालु अवस्थामा रहेका छन् भने एक दर्जन उद्योग निर्माणाधीन अवस्थामा छन् । त्यस्तै ‘बी’ ब्लकमा १२८ बिघा क्षेत्रफल रहेको छ । जहाँ ७० प्रतिशतभन्दा धेरै जग्गा प्राधिकरणमातहत नै छ । त्यस्तै ‘सी’ ब्लकमा भने ४९.५ बिघा जग्गा रहेको छ । त्यस्तै ‘डी’ ब्लकमा १३३ बिघा र ‘इ’ ब्लकमा १७८.५ बिघा जग्गा रहेको छ ।




न्यूजपोलारबाट थप समाचार
भर्खरै