२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार औद्योगिक सम्पत्तिको संरक्षण गर्न सजग छः मन्त्री यादव



अ+ अ-

काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले औद्योगिक सम्पतीको संरक्षण गर्न सरकार सजग रहेको बताउनुभएको छ ।

मंगलवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।

मन्त्री यादवले उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रसँग सम्बन्धमा आवश्यक नीति तथा कार्यक्रमहरुको तर्जुमा गरी निजी क्षेत्र तथा दात्रृ निकायहरुसँगको समन्वयमा त्यसलाई कार्यान्वयनमा लैजाने कामलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवद्र्धन गर्न पनि सरकारले सक्दो पहल गरिरहेको बताउनु भयो । औद्योगिक पूर्वाधारको व्यवस्था गर्न पनि सरकार क्रियाशील रहेको मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले सरकारले हाल सञ्चालित कार्यक्रमहरुको अनुगमनको कामलाई पनि तिब्रता दिएको बताउनु भयो ।