३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ए’ डिभिजन लिगः एपीएफ र एनआरटीले अंक बाँडे



अ+ अ-

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेलेका छन् । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दिउँसो भएको खेलमा दुबै टिमले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । 

खेलको ३२ औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

यता, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरीको स्थितीमा ल्याए । 

४८ औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २–१ को अग्रता दिलाए ।

यस्तै, खेलको ६० औं मिनेटमा मेसुकेले गोल गर्दै एनआरटीलाई ३–१ को अग्रता दिलाए । 

६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३–२ को स्थितिमा ल्याए ।

त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै एपीएफलाई हारबाट जोगाए ।

बराबरी खेलेसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ भने एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ ।