६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उदयपुरमा वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान



फाईल फोटो
अ+ अ-

काठमाडाैँ । खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् । उपयुक्त समयमा पानी परेपछि यहाँको तराई र पहाडी क्षेत्रमा मकैबाली फस्टाएको छ ।

रौतामाई गाउँपालिका–२ भुटारका किसान देवराज दाहाल भन्नुहुन्छ, “यसपटक मकै छर्ने बेलादेखि वर्षा भइरहेका कारण मकै छर्न र गोड्नसमेत सहज भएको छ, मकैबाली उत्पादन बढ्ने आशा छ ।” त्यसैगरी चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरका किसान चन्द्रकान्त चौधरीले निरन्तर वर्षा भइरहेकाले मकै उत्पादन बढ्ने बताउनुभयो । त्रियुगा नगरपालिका–१६ सुकौराका किसान तेजबहादुर बलम्पाकी मगर भन्छन्, “यसपटक डाँडापाखाका बारीमा समेत छरेको मकै निरन्तर वर्षाका कारण राम्ररी फस्टाइरहेको छ, निरन्तर वर्षाले मकैखेतीलाई ठूलो राहत प्रदान गरेको छ ।”

जिल्लाको पहाडी क्षेत्रका सुक्खा, बारी डाँडापाखामा छरेको मकैको बिरुवालाई वर्षाले राहत प्रदान गरेको छ । जिल्ला कृषि ज्ञान केन्द्र प्रमुख योगेन्द्र यादवले मकैखेती गर्ने सिजनबाट वर्षा सुरु भएकाले पडाडी क्षेत्रका बारीमा लगाएको मकैखेती राम्रो हुने बताए। यादवका अनुसार उदयपुरमा ११ हजार हेक्टर क्षेत्रफलमा बर्सेनि मकैखेती हुँदै आएको छ । यसपटक यस्तै मौसम रहेमा मकै उत्पादनमा २० प्रतिशत वृद्धि हुने अनुमान गरिएको छ ।