३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहाको गोलबजार–६ वडा कार्यालय आफ्नै भवनबाट सेवा सुरु



अ+ अ-

काठमाडाैँ । सिरहाको गोलबजार नगरपालिका–६ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। लामो समयदेखि भाडाको घरबाट प्रशासनिक कार्य सञ्चालन गर्दै आएको वडा कार्यालयले सोमबारदेखि नयाँ भवनबाट नियमित सेवा दिन थालेको हो।

नगरपालिकाको ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवनको सोमबार एक कार्यक्रमबीच नगर प्रमुख श्यामकुमार श्रेष्ठ र वडाध्यक्ष सञ्जित लामाले संयुक्त रूपमा उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले आफ्नै भवन अभावका कारण विगतमा सेवाग्राहीले झेल्नुपरेका समस्या अब अन्त्य हुने विश्वास व्यक्त गरे। उनले नयाँ भवनबाट सेवा प्रवाह प्रभावकारी र व्यवस्थित हुने अपेक्षा पनि व्यक्त गरे।

भवन निर्माणका लागि स्थानीय मीनकुमार तामाङ र अमरकुमार तामाङले दुई कट्ठा पाँच धुर जग्गा निःशुल्क उपलब्ध गराएका थिए।