८ पुष २०८२, मंगलवार
,
Latest
पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो निर्माण व्यवसायी महासंघको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै जेनजीको मुखुण्डो ओढेर देश नष्ट गर्नेहरूमाथि कारबाही गरियोस्: रविलक्ष्मी चित्रकार बाढीपीडित परिवारका न ओढ्ने कपडा न त बास पोखरा महानगरले मुख्य सडक क्षेत्रवरपरका ‘वर्कसप’ हटाउँदै बाढीले क्षति पुर्याएको तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै तीन महिनामा रु एक करोड राजस्व सङ्कलन, ४३४ गुनासा फछ्र्यौट दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा दिक्तेलको भानुचोकस्थित राष्ट्रिय विभूतिको सालिक पुनर्निर्माण सुरु राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वित्तीय सम्मेलनको तयारीमा सुदूरपश्चिम प्रदेश



अ+ अ-

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र गर्ने लगानी सम्मेलनलाई टेवा पुर्याउन यही मङ्सिर २० गते वित्तीय सम्मेलन आयोजनाको तयारी गरेको छ ।

वित्तीय पहुँचवृद्धिका लागि सचेतनामार्फत् प्रदेशमा आर्थिक क्रियाकलाप बढाइ आर्थिक विकास गर्ने लक्ष्यले पहिलो पटक वित्तीय सम्मेलन गर्न लागिएको प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिनेश पाण्डेले जानकारी दिनुभयो । सुदूरपश्चिम प्रदेशमा लगानीयोग्य वातावरण निर्माण गर्दै लगानीकर्तालाई आकर्षित गराउन लागनी सम्मेलन गर्ने प्रदेश सरकारको नीति छ । वित्तीय सम्मेलनमा बैंक तथा वित्तीय संस्थाका पदाधिकारी, राजनीतिक दलका नेता, उद्योगी व्यवसायी, स्थानीय तहका प्रमुख तथा अन्य सरोकारवालाको सहभागिता रहने जनाइएको छ ।

यो प्रदेशका ८८ मध्ये ८४ वटा पालिकामा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार भइसकेको छ । पहाडी क्षेत्रको बझाङ र बाजुराका चार पालिकामा सो बैंकको पहुँच पुग्न बाँकी छ ।