२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासी व्यवस्थापनमा मानवीयता अपनाउन र अध्यादेशको सट्टा विधेयक ल्याउन सांसद श्रेष्ठको माग



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले सुकुम्बासी बस्ती हटाउने क्रममा सरकारले अपनाएको कार्यशैलीप्रति आपत्ति जनाउँदै आवश्यक व्यवस्थापनबिना गरिएको हटाउने कार्यले मानवीय समस्या सिर्जना भएको बताउनुभएको छ ।

सोमवार बसेको प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले सुकुम्बासी व्यवस्थापनका विषयमा सरकार संवेदनशील नभएको आरोप लगाउनुभयो । उहाँले सुकुम्बासी बस्ती हटाउँदा सरकार ‘आक्रामक’ शैलीमा प्रस्तुत भएको र प्रभावित परिवारका लागि उचित विकल्प तथा पूर्वाधारको व्यवस्था नगरेको भन्दै गम्भीर प्रश्न उठाउनुभयो ।

सांसद श्रेष्ठले वास्तविक सुकुम्बासी र कथित हुकुम्बासीको पहिचान नगरी गरिएको कारबाहीका कारण वास्तविक पीडितहरू अन्यायमा परेको उल्लेख गर्नुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूले समेत यस विषयमा चासो देखाएको भन्दै सरकारले मानवीय दृष्टिकोणलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “बस्ती हटाउँदा समय र उचित व्यवस्थापनको अभाव देखियो । वास्तविक सुकुम्बासीहरू अन्यायमा परेका छन् । सरकारको आक्रामक शैलीका कारण उनीहरू डराएर सम्पर्कमा आउनुको सट्टा डेरा खोज्दै भौँतारिनु परेको अवस्था छ ।”

त्यसैगरी, सरकारले अध्यादेशमार्फत कानुन ल्याउने तयारी गरिरहेको संकेत गर्दै सांसद श्रेष्ठले लोकतान्त्रिक अभ्यासमा अध्यादेशभन्दा संसदीय विधि र छलफलबाट विधेयक ल्याउनु उपयुक्त हुने धारणा राख्नुभयो । विधेयकमाथि व्यापक छलफल हुँदा कानुन अझ परिष्कृत र सर्वस्वीकार्य बन्ने उहाँको भनाइ थियो ।

उहाँले संसदीय समितिको भूमिका कमजोर पार्ने प्रवृत्ति लोकतान्त्रिक प्रणालीका लागि उचित नभएको भन्दै सरकारलाई विधायन प्रक्रियामा गम्भीर हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “लोकतन्त्र भनेको अनेकतामा एकता हो । विगतमा पनि अध्यादेशका कारण विवादहरू उठेका छन् । सदनको कार्यकाल बाँकी नै रहेको अवस्थामा अध्यादेशको सट्टा विधेयक ल्याएर समितिमा छलफल गरी अघि बढाउनु लोकतन्त्रको संस्थागत विकासका लागि आवश्यक छ ।”

उहाँले कानून मन्त्रीमार्फत प्रधानमन्त्रीलाई समेत अध्यादेशको सट्टा विधेयक प्रक्रियालाई प्राथमिकता दिन आग्रह गर्नुभयो ।