३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरीको वृत्ति विकास र पारदर्शितामा गृह सचिवको जोडः कार्यसम्पादनमा आधारित बढुवा प्रणाली अपनाउन निर्देशन



अ+ अ-

काठमाडाैँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालको वृत्ति विकासलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनमा आधारित र पारदर्शी बढुवा प्रणाली लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षकको दज्र्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधन गर्दै सचिव श्रेष्ठले संगठनको गरिमा उच्च राख्न व्यावसायिक क्षमता अभिवृद्धि र संस्थागत आचरणमा सुधार आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले सुरक्षा निकायमा सरुवा र बढुवाको विषय अत्यन्तै संवेदनशील हुने भन्दै यसलाई अनुमानयोग्य र निष्पक्ष बनाउन निर्देशन दिनुभयो । सचिव श्रेष्ठले सुरक्षा निकायका समस्याहरू संगठनभित्रै र ‘चेन अफ कमाण्ड’ मार्फत समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

व्यक्तिगत वा संस्थागत समस्या लिएर बाहिर जाँदा त्यसले संगठनलाई नै क्षति पु¥याउनेतर्फ सचेत गराउँदै उहाँले आन्तरिक अनुशासनलाई मजबुत बनाउन महानिरीक्षकलाई आग्रह गर्नुभयो । सशस्त्र प्रहरीको कार्यक्षेत्रका मुख्य चार खम्बा— सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व सहयोग र विपद् व्यवस्थापनका क्षेत्रमा संगठनले गरिरहेको कार्यको प्रशंसा गर्दै उहाँले सीमित स्रोत साधनका बाबजुद थप प्रभावकारी ढंगले अगाडि बढ्न निर्देशन दिनुभयो ।

विशेषगरी मनसुन नजिकिएकाले विपद् व्यवस्थापनका लागि आफ्ना स्रोत साधनसहित सक्रियता बढाउन उहाँले विशेष जोड दिनुभयो ।दज्र्यानी चिन्हको गरिमा र औचित्य पुष्टि गर्ने गरी कार्यसम्पादन गर्न नवनियुक्त महानिरीक्षकलाई आग्रह गर्दै सचिव श्रेष्ठले गृह मन्त्रालयको तर्फबाट संस्थागत र व्यक्तिगत रूपमा पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।