११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar पूर्वप्रधानन्यायाधीश जबराको गिरफ्तारी गैरजिम्मेवारपूर्ण :डा. शशांक कोइराला News Polar सोह्र श्राद्धको पहिलो दिन पशुपतिमा छ सय बढीले गरे श्राद्ध News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति

आईपीएल: गुजरात टाइटन्सको सानदार जित

आईपीएल: गुजरात टाइटन्सको सानदार जित
अ अ+ अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएको रोमाञ्चक खेलमा गुजरात टाइटन्सले पन्जाब किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।

पञ्जावले दिएको १६४ रनको लक्ष्य पछाएको गुजरातले १९.५ ओभर ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

गुजरातका लागि साई सुदर्शनले ५७ र वाशिंटन सुन्दरले अविजित ४० रन बनाएका थिए भने जोस बटलरले २६ र निशान्त सिन्धुले १५ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले सुर्यांश शेडगेको ५७, मार्कस स्टोइनिसको ४०, मार्को जानसेनको २० र कप्तान श्रेयस अय्यरको १९ रनको मद्धतले २० ओभरमा ९ विकेट गुमाएर १६३ रन बनाएको थियो । त्यस्तै गुजरातका बलर जासन गोल्डरले सर्बाधिक ४ विकेट लिएका थिए भने मोहमद सिराज र कागीसो रबाडाले २-२ विकेट लिएका थिए ।

यो जितपछि गुजरात टाइटन्सको १० खेलमा १२ अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । आइपिएलको अंक तालिकामा चार टिमको १२ अंक रहेको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो दोस्रो हार हो । ९ खेलमा १३ अंक रहेको पञ्जाव शिर्ष स्थानमा कायम रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज मुम्बई इण्डियन्स र लखनउ सुपरजाइन्टबीच खेल हुदैछ ।