२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरूवा बन्दुकसहित एक जना पक्राउ



अ+ अ-

हुम्ला। जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

खार्पुनाथ–४ का ६३ वर्षीय मक्कबहादुर रोकाया भरूवा बन्दुक एक थान, फलामको रटको गोली १२ थान र बारूद ९० ग्रामसहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले निजको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भरूवा बन्दुक बरामद

जिल्ला प्रहरी कार्यालय प्युठानले जिल्लाको ऐरावती गाउँपालिका–६ धाइरेचौरस्थित टुनिचौर सामुदायिक वनबाट भरूवा बन्दुक एक थान बरामद गरेको छ । प्रहरी चौकी चुजाठाँटीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

त्यस्तै, रूकुम पूर्वको सिस्ने गाउँपालिका–५ माथिल्लो हेप्लास्थित चिसापानी खोला छेउबाट भरूवा बन्दुक एक थान प्रहरीले बरामद गरेको छ । प्रहरी बिट रूमालवाराबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।  रासस




भर्खरै