८ पुष २०८२, मंगलवार
,
Latest
प्रधानमन्त्री कार्कीलाई काँग्रेसको जवाफः तपाईंकै जेठो छोराले निर्वाचन हुन दिन्न भनेपछि हाम्रो के लाग्छ फागुन २१ मा निर्वाचन गर्नुको विकल्प छैनः सञ्चारमन्त्री खरेल महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ: प्रधानन्यायाधीश पालिकास्तरीय चित्रकला कार्यशाला सम्पन्न दुई नाबालकसहित ११ कैदीबन्दी पक्राउ व्यास नगरपालिकामा फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी डलरको भाउ बढ्दा तिर्न बाँकी ऋणको दायित्व चुलियो पोखरेबगर–घोडेपानी सडक स्तरोन्नति सुरु सुनको मूल्यमा भारी वृद्धि ‘रामप्रसादराई’मा राजस्व चुहावट नियन्त्रण गर्न अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरघरमै अपाङ्गता परिचयपत्र र औषधि



अ+ अ-

बलेवा । अपाङ्गता परिचयपत्रबाट वञ्चित बरेङ गाउँपालिकाका ८६ अपाङ्गता भएका व्यक्तिलाई गाउँपालिकाले घरदैलोमै पुगेर परिचयपत्र उपलब्ध गराएको छ । शारीरिक रुपमा अशक्त र सोबारे जानकारी नपाएकालाई घरमै पुगेर परिचयपत्र वितरण गरिएको हो ।

गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले अपाङ्गता भएका व्यक्तिको अवस्थालाई दृष्टिगत गर्दै घरदैलो अभियान चलाइएको जनाउँदै परिचयपत्र प्राप्त गरेका सबै अपाङ्गता भएका व्यक्तिले नेपाल सरकारले तोकेको र गाउँपालिकाले तोकेको सुविधा उपभोग गर्न पाउने शर्मा बताउनुभयो । “अब उहाँहरुको स्वास्थ्य र सामाजिक सुरक्षाको सबै सुविधा उपभोग गर्ने बाटो खुलेको छ”, शर्माले भन्नुभयो, “परिचयपत्रको अभावमा सुविधाबाट वञ्चित हुन नदिन अभियान चलाइएको हो ।”

परिचयपत्रसँगै अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य परीक्षण गरेर निःशुल्क औषधिसमेत घरदैलोमै वितरण गरिएको छ । गाउँपालिकाले अपाङ्गता भएकामध्ये दुईलाई रातो परिचयपत्र, २६ लाई नीलो परिचयपत्र, ४८ लाई पहेँलो परिचयपत्र र १० जनालाई सेतो परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाले परियचपत्र र स्वास्थ्य उपचारका लागि चालू आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको छ ।

गाउँपालिकाका पाँच वडामा तीन दिन लगाएर परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । “सामाजिक सुरक्षा हाम्रो दायित्व हो”, थापाले भन्नुभयो, “पालिकाको केन्द्रसम्म आउन पनि कठिन हुनेले हामी घरदैलोमा पुग्दा उनीहरु खुशी भएका छन् ।” प्रशासन र स्वास्थ्य शाखाका कर्मचारीको समूह बनाएर गाउँपालिका घरघरमा पुगेको थियो । यसअघि सूचीकृत भएका केहीले सुविधाको उपभोग गर्दै आएका छन् ।