६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन

रुकुम पश्चिम र पुलिस एनभिए लिग च्याम्पियन
अ+ अ-

काठमाडौँ।  लिगचरणमा बेहोरेको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दशौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न फाइनलमा बदला लिँदै रुकुम पश्चिम पुरुषमा र पुलिस महिलामा च्याम्पियन भएका हुन् ।

महिलामा नेपाल पुलिसले न्यु डायमण्ड क्लबमाथि ३–१ को सेटमा रोमाञ्चक जितसँगै उपाधि उचाल्यो । पुरुषततर्फ फाइनलमा रुकुम पश्चिमले हेल्प नेपाल स्पोटर््स क्लवलाई ३–० को सोझो सेटमा हरायो । पुलिस र रुकुम पश्चिम दुवैले लिग चरणमा बेहोरेको हारको बदला लिएका हुन् ।

लिगको अन्तिम खेलमा शुक्रबार न्यु डायमण्डले पुलिसमाथि ३–२ को सेटमा जितसँगै अपराजित हुँदै उपाधि भिडन्त गरेको थियो । रुकुम पश्चिम भने लिगमा हेल्प नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो ।

महिलाको फाइनलमा मिडल ब्लक सुमित्रा रेग्मी र ओपन स्पाइकर जेनिसा विश्वकर्मा पनि चल्न सकेनन् । रिसिभ पनि राम्रो गर्न नसक्दा च्याम्पियन भएर काभा महिला क्लव च्याम्पियनसिप खेल्ने न्यु डायमण्डको लक्ष्य पूरा भएन । च्याम्पियन पुलिसले तेस्रो पल्ट च्याम्पियन हुने लक्ष्यसहित काभा क्लब च्याम्पियनसिपका लागि पनि छनोट भएको छ ।

पुनम चन्दको स्थानमा अवसर पाएकी लक्ष्मी चन्दले उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले सफलता पायो । रिसिभमा पनि धेरै सुधार गरेपछि पुलिसलाई न्यु डायमण्डमाथि बदला लियो । पुलिसले पहिलो सेट २५–२१ ले आफ्नो बनायो । तर न्यु डायमण्डले दोस्रो सेट २५–१६ ले जित्दै पुनरागमनको संकेत ग¥यो ।

तेस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बन्यो । यो सेट अन्तत् पुलिसले २५–२३ ले जित्दै फेरि अग्रता लियो । चौथो सेटमा १८–१८ स्थितिसम्म पुलिसले चुनौती दियो । तर, यहाँबाट न्यु डायमण्ड समालिन सकेन र यो सेट २५–१९ ले गुमाउँदै उपाधिबाट पनि वञ्चित भयो । पुलिस चौथो पल्ट च्याम्पियन भएको हो ।

पुरुषतर्फको फाइनल पनि रोमाञ्चक बन्यो । रुकुम पश्चिम र हेल्प नेपाल दुवैले तीन जना विदेशी खेलाडी अनुबन्ध गरेका थिए । लिगमा रुकुम पश्चिमले राम्रो गर्न सकेन । तर फाइनलमा भने उत्कृष्ट प्रदर्शन ग¥यो र पहिलोपल्ट च्याम्पियन पनि भयो । रुकुम पश्चिम भलिबल केन्द्रले हेल्प नेपाल स्पोटर््स क्लबलाई पहिलो सेट २९–२७, दोस्रो सेट २५–२१ र तेस्रो सेट ३२–३० को रोमाञ्चक रूपमा हरायो ।

महिलामा विजेता पुलिसले र पुरुषमा विजेताले १० लाख रुपैयाँ र ट्रफी प्राप्त गरे । महिलामा उपविजेता न्यु डायमण्ड र पुरुषमा उपविजेता हेल्प नेपाल स्पोटर््स क्लबले समान पाँच लाख रुपैयाँ पाए ।

एभरेस्ट महिला भलिबल क्लव र पुरुषमा नेपाल पुलिस क्लव तेस्रो भए । दुवैले दुई लाख ५० हजार रुपैयाँ प्राप्त गरे । नेपाल भलिबल संघ (एनभिए) को आयोजना भएको एनभिए लिगमा महिलाततर्फ ६ र पुरुषमा आठ टोलीले प्रतिष्पर्धा गरेका थिए ।

गत पुसमा सम्पन्न एनभिए महिला तथा पुरुष क्लव भलिबल च्याम्पियनसिपबाट छनोट भएका कुल १४ टोलीले यस लिगमा प्रतिस्पर्धा गरेका हुन् ।

पुरुषमा हेल्प नेपाल, आर्मी क्लब, लुम्बिनीको खिल्जीसँगै नेपाल पुलिस क्लब, एपिएफ,  पश्चिम रुकुम भलिबल टिम, कोसी प्रदेश र बुढानीलकण्ठले प्रतिस्पर्धा गरेका थिए ।

महिलामा भने न्यु डायमण्ड युथ स्पोटर््स क्लव, पुलिस, एपिएफ, सुदूरपश्चिम प्रदेश, एभरेस्ट र आर्मी क्लवको प्रतिष्पर्धा रह्यो । न्युज एजेन्सी नेपाल