२४ भाद्र २०८३, बुधबार
,
Latest
बाढीका कारण काठमाडौं उपत्यकामा देखिएको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्री यादवको निर्देशन जेन–जी आन्दोलनको एक वर्ष : छानबिन प्रतिवेदन कार्यान्वयनदेखि संविधानका उपलब्धि रक्षासम्म प्रचण्डको जोड ‘संकटको समयमा सरकारले सहयोग गरे फेरि उठ्छौँ’ बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र : ऊर्जा मन्त्रालय बूढानीलकण्ठमा शैक्षिक सूचना व्यवस्थापन र विद्यालय नक्साङ्कनमा नयाँ प्रविधि ‘नेपालले राहत होइन, जलवायु न्यायसहित क्षतिपूर्ति माग्नुपर्छ’: मुख्यमन्त्री यादव युवाको जायज असन्तुष्टि र हिंसा एउटै विषय होइन: प्रचण्ड सुनसान छन् सौराहाका होटल : पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन भम्लु खोलामा सुख्खा पहिराले कर्णाली राजमार्ग पुनः अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेकरी उद्योगको म्याद नाघेको १७० बोरा मैदा नष्ट



अ+ अ-

बनेपा । पाँचखाल नगरपालिका–४ तामाघाट समाजकल्याण चोकमा राजाराम श्रेष्ठले सञ्चालन गरेको माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योगले प्रयोग गर्दै आएको म्याद गुज्रेका आठ हजार ५०० केजी (१७० बोरा) मैदा सोमबार नष्ट गरिएको छ । काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाईं नेतृत्वको टोलीले घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर मैदा पुरेको हो ।

हुमागाईंसहित घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेपलाञ्चोक, पाँचखाल नगरपालिका प्रतिनिधि र पाँखाल उद्योग वाणिज्य सङ्घको संयुक्त टोलीले गत कात्तिक ६ गते गरेको बजार अनुगमनका क्रममा सो उद्योगको गोदाममा म्याद नाघेका मैदा प्रयोग गरेको पाइएपछि बन्द गरिएको थियो । खाद्य प्रविधि डिभिजन कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख शिव भण्डारीका अनुसार उत्पादन भएको मितिले ४५ दिनभित्र प्रयोग गर्नुपर्नेमा बेकरी उद्योगमा दुई महिनाभन्दा बढी मिति नाघेको १७० बोरा मैदा थिए ।

आठ हजार ५०० किलो मैदा अहिलेको बजारमूल्य अनुसार रु चार लाख २५ हजार बराबरको रहेको भण्डारीले बताए । अनुगमन टोलीलगायत वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारी, पाँचखाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन कार्की, उद्योगका प्रतिनिधि हरिकृष्ण श्रेष्ठ र राधाकृष्ण श्रेष्ठलगायतको रोहवरमा शिलबन्दी खोली नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख केशवप्रसाद पुडासैनीले बताए ।