६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा
अ+ अ-

काठमाडौँ। काठमाडौँ उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा वर्षौँदेखि जोखिमपूर्ण रूपमा बसोबास गर्दै आएका सुकुमवासीहरूका लागि पछिल्ला दिनहरू सकारात्मक हुने देखिएका छन् ।

सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना खाली गर्ने अभियान तीव्र भएसँगै त्यहाँ बस्दै आएका नागरिकहरूलाई तत्काल सुरक्षित आश्रयस्थल र व्यवस्थापनको काम भइरहेको सरकारले जनाएको छ ।

असुरक्षित बसोबास गर्दै आएकाहरू तत्कालका लागि केही असहज महसुस भए पनि भविष्यमा सुरक्षित आवासका लागि आशावादी रहेका छन् ।

रङ्गशालामा आफ्नो विवरण दर्ता गराइ सरकारको होल्डिङ सेन्टर पुगेका धेरैजसो नागरिकहरू आफूहरू असुरक्षित अवस्थाबाट सुरक्षित भविष्यतर्फ अघि बढ्दै गरेको महसुस गरिरहेको सुनाउनुहुन्छ ।

वर्षौँदेखि बाढी, डुबान र अनिश्चितताबीच बिताएको जीवनपछि अहिले उहाँहरूलाई आफ्नो सुरक्षित बासस्थानको व्यवस्था हुनेमा विश्वास जाग्न थालेको छ । बल्खु क्षेत्रमा विसं २०६० देखि बस्दै आउनुभएकी ६७ वर्षीया सुनिता चौधरी हरेक वर्ष बाढीको डरले आजित हुनुहुन्थ्यो ।

एक्लै बस्दै आउनुभएकी उहाँलाई अहिले सरकारको यस कदमबाट आफूलाई राहत मिल्ने अपेक्षा छ ।

“खोलाको किनारमा बनाइएको टहरो सुरक्षित थिएन । सरकारले राम्रो गरेको छ । असुरक्षित ठाउँमा बस्नुपर्ने बाध्यता हटेको जस्तो लागेको छ”, उहाँले भन्नुभयो, “वृद्ध हुँदै गएको छु । घर भाडा तिर्न सक्ने अवस्था छैन ।

अहिले साथीकोमा बस्दै आएकी थिएँ, अब सरकारले अस्थायी भए पनि बस्ने ठाउँ दिएको छ, म धेरै खुसी छु । आशा छ, म जस्तो सहाराविहीनलाई यो सरकारले सहारा दिनेछ ।” चौधरीले जीवन धान्न अन्यको घरमा सहयोगी काम गर्दै आउनुभएको छ ।

बाल्यकालमै आफ्नी दिदीको सहारामा काठमाडौँ आउनुभएको उहाँले आफूसँग अहिलेसम्म आफूसँग नागरिकताको प्रमाणपत्र नभएको गुनासोसमेत सुनाउनुभयो । “म एक्लै बस्दै आएको छु । सानो हुँदा आमाबुबा दुवै गुमाएँ । जीवनभर नागरिकता बनाउनसमेत सङ्घर्षरत गरिरहेको छु”, उहाँले भन्नुभयो, “अरूले कस्तो महसुस गर्दै छन् थाहा छैन । तर म खुसी छु । अब सुरक्षित भएर बाँच्न पाइन्छ भन्ने आशा लागेको छ ।” सुनिता चौधरी जस्तौ धेरै सुकुमवासीहरूको कथा उस्तै छ, जन्मदेखि नै अभाव, विकल्पको अभाव र जोखिमपूर्ण बसोबास । उहाँहरू भन्नुहुन्छ नदी किनारको बस्ती रोजाइ होइन, बाध्यता हो ।

सहरको विकाससँगै उहाँहरूको अस्तित्व ओझेलमा परे जीविकोपार्जनको सीमित अवसरले त्यही जोखिमपूर्ण स्थानमा बस्न बाध्य बनाइएको उहाँहरूको गुनासो छ । जोखिमपूर्ण बस्तीबाट सुरक्षित भविष्यतर्फको यो यात्रा केवल भौतिक स्थानान्तरण मात्र नभई वर्षौँदेखि उपेक्षित समुदायको सम्मान र स्थायित्वतर्फको एउटा महत्त्वपूर्ण कदम हुने बताउनुहुन्छ ४१ वर्षीय पासाङ तामाङ ।

वंशीघाटको सुकुमवासी बस्तीमा वर्षौँदेखि बस्दै आउनुभएका तामाङ र उहाँको परिवार आशावादी हुनुहुन्छ । त्यसका लागि सरकारले प्रतिबद्धता गरे जस्तै व्यवस्थापनको काम चाहि तत्काल हुनुपर्ने उहाँको भनाइ छ ।

सुकुमवासी बस्तीमा हरेक वर्ष वर्षायाम त्रासको मौसम बन्न पुग्थ्यो । हरेक वर्ष बाढीको डरले आजित भइसकेका तामाङ परिवार सुरक्षित विकल्पका लागि तयार भएको बताउनुहुन्छ ।

“यहाँ बस्दै आएको धेरै समय भयो । पक्की घर भए हरेक वर्ष वर्षामा डुबानको समस्या थियो”, उहाँले भन्नुभयो, “हामीले धेरै सरकार देखिसक्यौँ, यसअघिका सरकारले केही व्यवस्था गरेनन् । अहिले भने राम्रोसँग व्यवस्थापन हुन्छ भन्ने आशा गरेका छौँ ।” आफ्नो गर्भवती श्रीमती, दुई बच्चा र वृद्ध बुवा/आमासँग अहिले सानो कोठा भाडामा लिएर बसिरहेको उहाँले सुनाउनुभयो ।

सरकारबाट उचित व्यवस्थापन हुने विश्वासले उनीहरूलाई नयाँ ठाउँमा जान तयार बनाएको छ । “नानी र बाबुको खानापानको चिन्ता छ, श्रीमती पनि गर्भवती छिन् । त्यसैले समूहमा कोठा लिएर बसेका छौँ”, उहाँले भन्नुभयो, “सरकारले राम्रो व्यवस्था गर्छ भने हामी सेन्टरमा जान तयार छौँ । निकट भविष्यमा घर बनाइदिएमा झन राम्रो हुन्थ्यो ।” शुक्रबार वंशीघाटमा आफ्नो सामान ओसारपसार गर्नेमा व्यवस्था २६ वर्षीया अप्सरा मल्लिक उत्तिकै आशावादी देखिनुहुन्थ्यो ।

उहाँ पाँच सदस्यीय परिवारसहित लामो समयदेखि यस्तै बस्तीमा बस्दै आउनुभएको थियो । कमजोर आर्थिक अवस्थाका कारण विकल्प नभएपछि नदी किनारकै बस्तीमा बस्न बाध्य भएको सुनाउने उहाँले बसाइँसराइसँगै केही व्यावहारिक चिन्ता व्यक्त गर्नुभयो ।

“अहिले सरकारले असुरक्षित ठाउँबाट सुरक्षित ठाउँमा लैजाने भएपछि खुसी लागेको छ”, उहाँले भन्नुभयो, “सरकारले राम्रो व्यवस्थापन गर्ने प्रतिबद्धता गरेको छ, त्यो पूरा हुन्छ भन्ने विश्वास छ । मेरो एउटा बच्चाको विद्यालय यही भएकाले अहिले केही असहज होला कि भन्ने लागेको छ । बाँकी दुई बच्चाहरूको पढाइको राम्रो व्यवस्था भयो भने हामी अझै खुशी हुने थियौँ ।”

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको पछिल्लो सङ्कलित तथ्याङ्कअनुसार वाग्मती नदी किनारमा अव्यवस्थित घरपरिवारको सङ्ख्या ३ हजार ४५९ रहेको छ । उहाँहरूलाई तत्काल राख्नका लागि राधास्वामी सत्संग व्यास आश्रम, कीर्तिपुर, गोङ्गबु बसपार्क, माछापोखरी क्षेत्रका होटल, नेपाल विद्युत् प्राधिकरण केन्द्रको भक्तपुर खरिपाटीस्थित तालिम केन्द्र र बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र होल्डिङ सेन्टरका रूपमा सञ्चालन गरिएको हो । रासस