६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल

हवाई सुरक्षालाई आधुनिकीकरण गर्नेबारे पर्यटन मन्त्रालयद्वारा विज्ञसँग छलफल
अ+ अ-

काठमाडौँ। बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विज्ञहरूसँग छलफल गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पुल्चोक क्याम्पसको ‘मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा आज आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एण्ड एनालाइसिस’ विषयमा वायुसेवा कम्पनी तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।

कार्यशालामा नेपालको पहिलो ‘फ्लाइट डेटा मनिटरिङ’ (एफडिएम)सम्बन्धी ‘फ्लाइट डाटा मोनिटरिङ एण्ड एनालाइसिस इम्प्लिमेन्टेसन फर फ्लाइट सेफ्टी’ विषयमा विज्ञहरूले प्रस्तुति दिनुभएको थियो । पर्यटन मन्त्रालयका सचिव मुकुन्दाप्रसाद निरौलाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव मुकेश डङ्गोलले कार्यक्रमको उद्देश्य बारेमा सहभागीलाई जानकारी गराउनुभयो । उक्त कार्यक्रममा हवाई उडानका तथ्याङ्कको विश्लेषण गरी भविष्यमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र तथ्याङ्कमा आधारित सुरक्षा प्रणाली लागू गर्न विशेष जोड दिइएको थियो ।

पुल्चोक क्याम्पसको डिपार्टमेन्ट अफ मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङका विभागीय प्रमुख डा सुदीप भट्टराईको प्राविधिक नेतृत्व र हिमालय एयरलाइन्सको व्यवहारिक अनुभव समेटिएको कार्यशालाले प्राज्ञिक ज्ञान र हवाई उद्योगबीचको सम्बन्धलाई सुदृढ बनाएको मन्त्रालयले जनाएको छ । हिमालय एयरलाइन्सको तर्फबाट उडान जोखिम पहिचान र अन्तरराष्ट्रिय मापदण्डका सफल अभ्यास प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विज्ञ सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएका डा भट्टराईले हवाई सुरक्षाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको फलाइट डाटा मनिटरिङ एनालाइसिस र यसको महत्वको बारेमा जानकारी गराउँदै कार्यान्वयनमा भइरहेका समस्या र समाधानका उपायका बारेमा आवश्यक जानकारी दिनुभयो ।

सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिले आ-आफनो संस्थामा एफडिएम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । उक्त कार्यक्रमले एफडिएमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुका साथै नेपालको हवाई क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा पुर्‍याउन नियामक निकाय र सञ्चालकका लागि एक स्पष्ट रणनीतिक मार्गचित्रसमेत तयार गर्न सहयोग पुगेको मन्त्रालयको नागरिक उड्डयन महाशाखाले जनाएको छ ।

कार्यक्रममा नेपाली वायुसेवा कम्पनीबाट हवाई सुरक्षासँग सम्बन्धित कर्मचारी, नियामक निकाय, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारी, पुल्चोक क्याम्पसको सम्बन्धित विभागका विद्यार्थी र मन्त्रालयको नागरिक उड्डयन महाशाखाका कर्मचारीलगायत व्यक्तिको उपस्थिति थियो । रासस