२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुक आर्थिक समृद्धितर्फ उन्मुख : मुख्यमन्त्री कार्की



फाइल फोटो
अ+ अ-

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुक आर्थिक समृद्धितर्फ उन्मुख रहेको बताउनुभएको छ ।

विराट व्यापार सङ्घको २६ औँ साधारण सभाको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले निर्वाचनपछि मुलुकमा राजनीतिक स्थिरता कायम हुँदा  आर्थिक गतिविधि वृद्धि हुने धारणा बताउनुभयो । उहाँले निजी क्षेत्रलाई प्रोत्साहन गरे मात्र राष्ट्रिय पुँजीको विकास सम्भव हुने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार निजी क्षेत्रलाई साथमा लिएर प्रदेशको विकासमा अघि बढ्ने बताउनुभयो । कार्यक्रमका वक्ताहरुले खुला सीमाका कारण हुने चोरी तस्करी नियन्त्रणका लागि सरकारी निकाय बढी संवेदनशील बन्न माग गरेका थिए ।

विराट व्यापार सङ्घको १३औँ अधिवेशनले प्रमोद अग्रवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । रासस