२३ जेष्ठ २०८३, शनिबार
,
Latest
जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्नसक्ने हैसियत छैनः विष्णु पौडेल



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ‘सत्ता कब्जा’ गर्ने सोच र उग्रवामपन्थी भड्कावका कारण माओवादी आन्दोलन वर्तमान अवस्थामा विघटनतर्फ उन्मुख भएको दाबी गरेका छन् ।

विगतका राजनीतिक घटनाक्रम स्मरण गर्दै उपाध्यक्ष पौडेलले २०६६ सालमा तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने सरकारको निर्णयप्रति एमालेले कडा असहमति जनाएको उल्लेख गरे । उनका अनुसार सो निर्णयका क्रममा एमालेले सरकारबाट बाहिरिने चेतावनी दिए पनि प्रचण्डले आफ्नो अडान नछाड्दा अन्ततः सरकारको नेतृत्व नै गुमाउनुपरेको थियो ।

उपाध्यक्ष पौडेलले माओवादी शान्तिपूर्ण राजनीतिमा आए पनि लोकतान्त्रिक अभ्यासलाई पूर्ण रूपमा आत्मसात गर्न नसकेको र सत्ता कब्जाको मानसिकता नत्यागेकै कारण आज उक्त पार्टी संकटमा पुगेको तर्क गरे।

उनले शान्तिपूर्ण आन्दोलनकै माध्यमबाट राजतन्त्र अन्त्य भई गणतन्त्र स्थापना भएको उल्लेख गर्दै हिंसात्मक बाटोले कुनै उपलब्धि नदिने टिप्पणी गरे

उनले भने, “त्यतिबेला प्रचण्डजीले सेना प्रमुख हटाएर आफूअनुकूल व्यक्तिलाई नियुक्त गरी सत्ता कब्जा गर्ने रणनीति बनाउनु भएको थियो। हामीले यो बाटो आत्मघाती हुन्छ भनेर पटक–पटक सम्झायौँ, तर उहाँले मान्नुभएन। उहाँले कडा रूपमा भन्नुभएको थियो– म अगाडि बढिसकेँ, अब अल्झाउने काम नगर्नुस्।”

उपाध्यक्ष पौडेलले थप भने, “आज आइपुग्दा नेपालमा माओवादी नामको संगठनको अस्तित्व करिब समाप्त भएको छ। प्रचण्ड नेतृत्वको माओवादी अब माओवादी रहेन। उसले माओवाद र जनयुद्धको मार्ग त्यागिसकेको छ।”

उनले माओवादी उग्रवामपन्थी धारबाट अलग भए पनि नयाँ राजनीतिक धारमा स्पष्ट रूपमा अघि बढ्न नसकेको टिप्पणी गर्दै अहिलेको नेतृत्वसँग कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने क्षमता नरहेको जिकिर गरे।




न्यूजपोलारबाट थप समाचार
भर्खरै