बिराटनगरः ग्लोबल आइएमई बैंकले बिराटनगर महानगरपालिका परिसरमा एटिएम सेवा सुरु गरेको छ ।
उक्त एटिएम सेवाको बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा बिराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी लगायतको उपस्थिति थियो ।
बैंकले बिराटनगर महानगरपालिकामा आएका ग्राहकहरुलाई लक्षित गरि उक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।
नयाँ एटिएम सेवा थप भएसंगै ग्लोबल आइएमई बैंकको एटिएम संख्या १५१ पुगेको बैंकले जनाएको छ ।
बैंकले हाल १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ वटा एटिएम, १९५ वटा शाखारहित बैंकिङ्ग सेवा र विदेशस्थित ३ सम्पर्क÷प्रतिनिधि कार्यालय मार्फत आफ्ना ११ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।