६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘गोरखामा १८ प्रतिशत आमाले पूर्ण रूपमा स्तनपान गराउँदैनन्’

‘गोरखामा १८ प्रतिशत आमाले पूर्ण रूपमा स्तनपान गराउँदैनन्’
अ+ अ-

गोरखा। जिल्लामा ८२ प्रतिशत आमाले मात्र पूर्ण स्तनपान (जन्मेको छ महिनासम्म आमाको दूध मात्र खुवाउने) गराउने गरेको विवरण सार्वजनिक गरिएको छ ।

यस्तै, प्रदेश जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लाका १८ प्रतिशत आमाहरूले शिशुलाई पूर्ण स्तनपान नगराएको पाइएको हो ।

शिक्षित र आर्थिक रूपमा सबल मानिएका परिवारका आमाले नै पूर्ण स्तनपान नगराएको पाइएको कार्यालयका जनस्वास्थ्य अधिकृत नवराज खड्काले बताउनुभयो । “शिक्षित र जागिरे आमाहरूले नै पूर्ण स्तनपान नगराएको देखिन्छ”, उहाँले भन्नुभयो, “व्यस्तताका कारण बच्चालाई बजारमा पाइने ल्याक्टोजेन दूध खुवाउन बाध्य भएको देखिन्छ ।”

सरकारले महिलालाई तीन महिना सुत्केरी बिदा दिने गरेको छ, जसका कारण जागिरे महिलाहरूले आफ्नो बच्चालाई पूर्ण स्तनपान गराउन नसकेको बताउने गरेका छन् । खड्काले भन्नुभयो, “आर्थिक अवस्था कमजोर भएका परिवारका महिलामा धेरै समस्या छैन । आर्थिक रूपमा सबल परिवारले बजारमा पाइने बट्टाको दूधमा जोड दिन्छन् । यो जागिरलगायत कारणले पनि हुनसक्छ ।”

प्रदेश अस्पताल गोरखाका बाल रोग विशेषज्ञ डा प्रकाश शर्माले बजारमा पाइने बट्टाको दूध बालबालिकाको शारीरिक र मानसिक विकासका लागि हानिकारक रहेको बताउनुभयो । पूर्ण स्तनपान गराउनाले बच्चासँगै आमाको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने उहाँको भनाइ छ ।

“पूर्ण स्तनपान गराएमा सुत्केरी आमाको शरीर पुनः स्वस्थ हुँदै जान्छ । पूर्ण स्तनपान गराउँदा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै एन्डिबडीको पनि विकास हुन्छ”, डा शर्माले भन्नुभयो,“पूर्ण स्तनपानले स्तन क्यान्सर जस्तो घातक रोग रोकथाम गर्न सकिन्छ । बालबालिकामा कम तौलको समस्या पनि रोकथाम हुन्छ ।”

प्रदेश जनस्वास्थ्य कार्यालय गोरखाको तथ्याङ्कअनुसार यहाँ नौ प्रतिशत बालबालिकाहरू कम तौलका छन् ।
नेपालमा एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या ५५ प्रतिशत, छ महिनासम्म पूर्ण स्तनपान गराउनेको सङ्ख्या ५६ प्रतिशत र दुई वर्षसम्म स्तनपान गराउनको सङ्ख्या ९४ प्रतिशत रहेको जनस्वास्थ्य अधिकृत खड्काले बताउनुभयो ।

जन्मेको एक घण्टाभित्र स्तनपान निकै लाभदायी मानिन्छ । यस्तै, छ महिनासम्म पूर्ण र छ महिनापछि पूरक आहारसहित दुई वर्षसम्म नियमित स्तनपान गराउनुपर्ने हुन्छ । यी तीन व्यवहार अपनाइँदा नवजात शिशु मृत्युदरमा २० प्रतिशत कमी आउने जानकारहरूले बताउने गरेका छन् ।

प्रदेश जनस्वास्थ्य कार्यालयले बट्टाको दूधको प्रयोग निरुत्साहित गर्न आमाको दूधसम्बन्धी महत्त्व बुझाउन अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । अब स्तनपान परामर्शदाता तालिम दिने तयारी भइरहेको कार्यालय प्रमुख सिम्रन काफ्लेले जानकारी दिनुभयो । रासस