३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने



अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा ११–१५ मा एकताको महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको केन्द्रिय कार्यसंयोजक समितिको बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता प्रकाश ज्वालाले बताउनुभएको हो ।

उहाँकाअनुसार बैठकले संविधान संशोधन मस्यौदा कार्यदल समेत गठन गरेको छ । उहाँकाअनुसार ११ सदस्यीय कार्यदलमा नेताहरु देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रणध्वज कङ्दङवा, रेखा शर्मा, गणेश विक, मुक्ति प्रधान, खिमलाल देवकोटा, डम्बरविक्रम थापा, जगदेव चौधरी र रामबहादुर चौधरी रहुनभएको छ ।

उहाँले भन्नुभयो, ‘पार्टीको महाधिवेशनको बारेमा कार्यतालिका प्रश्तुत भएको छ । त्यो प्रतिवेदनले कार्यतालिका पास पनि गरेको छ

कार्यतालिकाअनुसार हामीले वडा, पालिका, जिल्ला र प्रदेश हुँदै पार्टीको राष्ट्रिय महाधिवेशन मंसिरको ११ देखि १५ गतेसम्म गर्ने निर्णय गरेका छौँ । कार्यतालिकाअनुसार भोलिदेखि नै काम अगाडि बढ्छ ।

प्रदेशका इन्चार्ज, संयोजक र सहसंयोजक र केही विभागका प्रमुख एवं उपप्रमुखको प्रश्ताव समेत आएको छ । त्यस प्रश्तावमाथि छलफल भएर पारित हुन बाँकी छ । संविधान संशोन मस्यौदा कार्यदल पनि गठन गरेको छ । केही नेताहरु र केही कानून व्यवसायी समेत कार्यदलमा राखिएको छ ।’

बैठकले अगामी असार र साउन महिना श्रम शिविर सञ्चालन गर्नुका साथै सदस्यता नवीकरण र विस्तार गर्ने गर्ने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले जेठ मसान्तसम्ममा संघ, प्रदेश, पालिका, वडा र जनसंठनको संगठनात्मक समायोजनको काम सम्पन्न गर्ने कार्यसूची रहेको समेत बताउनु भयो । उहाँले निर्वाचनको समिक्षा प्रतिवेदन पुर्नलेखन गर्नेगरी पारित गरिएको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल