१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटनामा न्याय, क्षतिपूर्ति र दोषीमाथि कारबाही हुने प्रधानमन्त्री शाहको प्रतिबद्धता सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भानु साहित्य उद्यान निर्माण सुरु



अ+ अ-

तनहुँ। राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको जन्मभूमि तनहुँको चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तरराष्ट्रिय केन्द्र बनाउने उद्देश्यका साथ ‘भानु साहित्य उद्यान’ निर्माण सुरु गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा उद्यान निर्माण सुरु गरिएको हो । भानु नगरपालिका–४ चुँदीरम्घामा निर्माण हुने उद्यान राष्ट्रपति पौडेलको विशेष परिकल्पना र पहलमा अगाडि बढेको हो । यो योजनाले नेपाली भाषीको भावनात्मक एकता र साहित्यिक पर्यटनलाई जोड्ने विश्वास लिइएको भानु नगरपालिका प्रमुख आनन्दाराज त्रिपाठीले बताउनुभयो ।

“अघिल्लो पटक केही प्राविधिक अवरोध देखिए पनि यसपटक हामीले सम्पूर्ण तयारी पूरा गरेका छौँ”, उहाँले भन्नुभयो ।

नगर उपप्रमुख उमा गोतामेले सरकारले विनियोजन गरेको शहरी विकास मन्त्रालयले २० करोड रुपैयाँ बजेटबाट पहिलो चरणको निर्माण हुने बताउनुभयो । गुरुयोजना अनुसार उद्यानभित्र पहिलो चरणमा आधुनिक ‘भानु भवन’ निर्माण हुनेछ भने क्रमैसँग सातै प्रदेशका प्रमुख साहित्यिक तथा धार्मिक एवं सांस्कृतिक सम्पदाका नमूना र नेपाली साहित्यका मूर्धन्य व्यक्तित्वको सालिक स्थापना गरिने योजना छ ।

नेपाली भाषालाई एकीकरण गर्ने श्रेय पाउनुभएका आचार्यको नेपाली साहित्यमा अतुलनीय योगदान छ । रामायणलाई सरल नेपाली भाषामा लेखेर उहाँले घर–घरमा पु-याउनुभएको थियो ।

जसले छरिएर रहेका नेपालीलाई भाषिक सूत्रमा बाँध्ने काम ग-यो । उहाँको यही साहित्यिक योगदान र राष्ट्रिय एकताको जगलाई जीवन्त राख्न निर्माण गर्न लागिएको यस उद्यानले भावी पुस्ताका लागि अनुसन्धान र प्रेरणाको केन्द्रका रूपमा काम गर्ने अपेक्षा गरिएको छ । रासस