८ पुष २०८२, मंगलवार
,
Latest
अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ : सरकार कराते च्याम्पियनमा भाग लिन नेपाली टोली भारत जाँदै फागुन २१ को निर्वाचन सम्पन्न गर्न प्रमुख राजनीतिक दलहरूबीच सहमति टी–२० अन्तर्राष्ट्रियमा पहिलो पटक एक ओभरमा ५ विकेट लिएर कीर्तिमान काँग्रेस सांसद मिश्रको प्रश्नः संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ ? आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल प्रतिवेदनः जोखिममा आधारित नियमनदेखि ग्रामीण कर्जासम्म व्यापक सुधारको सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीका घटनामा वृद्धि



अ+ अ-

सिञ्जा । जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन् । चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ । भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहादुर धामीले जानकारी दिए ।

क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि उनले बताए। यसभन्दा केही दिन अगाडि चन्दननाथ नगरपालिका–२ का गोविन्द्र भण्डारीको कालेखोलीमा रहेका २४ कोठे घर आगलागीमा जलेर नष्ट भएको थियो । गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा पनि आगलागी भएको थियो ।

चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा भदौ १६ आगलागी भएको थियो । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा रु ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा रु ७३ लाखको क्षति भएको थियो । पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेका छन् ।