२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा राजाको होइन राजा मान्नेहरुको पार्टी हो: राप्रपा अध्यक्ष लिङ्देन



अ+ अ-

तनहुँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको कुनै दल नहुने भन्दै राप्रपा राजाको पार्टी नभएर राजसंस्था मान्नेहरुको पार्टी भएको स्पष्ट पारेका छन् ।

पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समिक्षा कार्यक्रम अन्तर्गत शनिवार तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा सम्वर्द्धनवादी दर्शन बोकेको पार्टी रहेको बताएका हुन् । राजा र राजसंस्था कुनै पार्टीको नहुने र राजसंस्थाको पनि कुनै पार्टी नहुने भन्दै अध्यक्ष लिङ्देनले राजसंस्था कुनै पार्टी, संगठन र विचारभन्दा माथि रहेको बताए । राप्रपालाई राजाको दल भनेर प्रचार गर्ने र विवादित तुल्याउनेहरु राजसंस्थाको पक्षपाती नभएको बताउनुभयो ।

गत फागुन २१ गते भएको निर्वाचन अघि आएको पूर्वराजाको सम्बोधनलाई लिएर कतिपय राजसंस्थावादीले राप्रपा निर्वाचनमा जानु गल्ती भएको भनेर टिप्पणी गरिरहेका बेला अध्यक्ष लिङ्देनको प्रष्टोक्ति आएको हो ।

राप्रपा निर्वाचनमा नगएको भए के हुन्थ्यो ? अध्यक्ष लिङ्देनले प्रतिप्रश्न गर्दै भने, राप्रपा निर्वाचनमा नगएको भए आजको राजनीतिक परिदृश्य र संसदीय मञ्चबाट राप्रपा र राजसंस्थाको पक्षपाती शक्तिको हालत के हुन्थ्यो ? आफुलाई राजसंस्थावादी भन्नेहरुले राप्रपा भन्ने अस्तित्वमै नरहोस् भन्ने चाहेका हुन् ? संसदमा राजसंस्थाको एजेण्डा राप्रपाकै कारणले घन्किरहेको छैन?

गणतन्त्रको सरकार र यसभित्रको भूमिकामा जानुहुँदैन भनेर टिप्पणी गर्नेहरु प्रति लक्षित गर्दै अध्यक्ष लिङ्देनले सरकारका पदहरुमा नजाँदैमा पार्टी ठूलो हुने भए नेमकिपा र राष्ट्रिय जनमोर्चाजस्ता पार्टी कमजोर नभएर ठूलो हुनुपर्ने नि त भन्ने तर्क प्रस्तुत गर्नुभयो । आफ्नो दर्शन र सिद्धान्तमा प्रतिवद्ध रहँदै जनताको सेवा गर्ने भूमिकाहरु पनि लिनुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो ।

पार्टीमा चलिरहेको विवादका बारेमा मुख खोल्दै लिङ्देनले चुनाव अघिसम्म सबैलाई मिलाएर लैजाने प्रयास गर्दा आफुलाई कमजोर सोचेर पार्टीका नेताकार्यकर्ताले अनुशासन विपरित मनपरी कार्य गरेको भन्दै हाल अनुशासनको कारबाही चलाउन आरम्भ गरेको प्रष्ट पारे । चुनाव अघिसम्म आफ्नै अघि भएको कार्यक्रममा हातपातमा उत्रने साथीहरुलाई समेत माफी दिएपनि अब त्यस्ता प्रवृत्तिसँग सम्झौता नगर्ने लिङ्देनको स्पष्टोक्ति छ। पछिल्ला दिनमा राप्रपाले पार्टीका उपाध्यक्ष, केन्द्रीय सदस्यहरु र महिला संगठनका नेतृलाई निलम्बन गरेको विषयमा लिङ्देनले पहिलोपटक आफ्नो धारणा बाहिर ल्याएका हुन् ।

उनले आफू हदैसम्म लचिलो भएको तर त्यसलाई नेतृत्वको कमजोरी सम्झेर पार्टी सदस्यको सीमा मर्यादा उल्लङ्घन गरी अनुशासन विपरित कार्य गर्ने कसैलाई पनि अब नछोडिने पनि स्पष्ट पारे । सहभागीहरुले बोल्ने क्रममा पार्टीका उमेदवारलाई सहयोग नगर्ने, पार्टीको पक्षमा मत नमाग्ने, मत समेत नहाल्ने बरु अर्को पार्टीलाई मत दिन प्रेरित गर्ने तर सामाजिक सञ्जालमा नीति र नेतृत्वका विरुद्ध चर्का कुरा गर्नेलाई कुनै सम्झौता नगरी कारबाही गर्न र पार्टीमा शुद्धीकरण चलाउन अभिमत प्रकट गरेपछि लिङ्देनले अनुशासन बिना पार्टी बलियो नबन्ने भएकाले आफू अब सम्झौताको पक्षमा नरहेको जवाफ दिएका छन्।

पार्टीमा एकपक्षले महाधिवेशनको रटान लगाएको भन्दै उनले जिल्ला अधिवेशन सम्पन्न हुने बित्तिकै महाधिवेशन गर्ने बताए । महाधिवेशनको मिति आफुले तय गर्ने नभएर आसन्न केन्द्रीय समितिले गर्ने लिङ्देनको भनाइ छ । सबै प्रदेशको समिक्षा सकिनासाथ केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्छ, त्यो बैठकले केन्द्रीय समितिको बैठकको मिति तय गर्छ र केन्द्रीय समितिले महाधिवेशनको कार्यक्रम ल्याउँछ, लिङ्देनले भने। यथाशक्य महाधिवेशन गर्न आफु तत्पर रहेको, महाधिवेशन टार्ने कुनै नियत नभएको भन्दै लिङ्देनले महाधिवेशनमा कार्यकर्ताको माझबाट अध्यक्ष चुनिएर आउने सुविधा सबैलाई भएको तर महाधिवेशन अगावै पार्टीको हितविरुद्ध गतिविधि गर्ने सुविधा कसैलाई नभएको पनि लिङ्देनले प्रष्ट पारे ।

राप्रपाले निर्वाचनमा अपेक्षाकृत परिणाम ल्याउन नसक्नुमा केस्रा केस्रा केलाएर हेर्दा अन्य पक्षपनि जिम्मेवार देखिएलान् तर नेतृत्वको रुपमा आफूले जिम्मेवारी लिने र भावी दिनमा पार्टीको कार्यशैलीमा परिवर्तन गर्दै पार्टीलाई हस्तक्षेपकारी शक्तिका रुपमा स्थापित हुन आफु लागिपर्ने लिङ्देनले पार्टी पंक्तिलाई आस्वस्त तुल्याएका छन्।

राप्रपाले हालै सम्पन्न निर्वाचनको प्रदेश तहमा पुगेर समिक्षा गरिरहेको छ। सातवटै प्रदेशमा समिक्षा गर्ने क्रममा मधेश प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशमा समिक्षा बैठक सम्पन्न भएको, बैशाख १४ गते लुम्बिनी प्रदेशको भैरहवामा, बैशाख १५ गते बागमती प्रदेशको काठमाण्डौंमा र बैशाख १७ गते सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरमा समिक्षा बैठक तय गरेको छ। कर्णाली प्रदेशको भने मिति तय हुन बाँकी छ।




भर्खरै