४ श्रावण २०८३, सोमबार
,
Latest
दुईदिने साप्ताहिक बिदापछि सार्वजनिक बिदा पुनरावलोकन गरिने, सरकारद्वारा कार्यदल गठन काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको हत्या, आरोपीको खोजी तीव्र अवैध व्यापार गर्नेलाई कडा कारबाही गर्ने वाणिज्य विभागको चेतावनी मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन निकुञ्जभित्र च्याउ टिप्न जानुभएका महिलाहरु अन्ततः सम्पर्कमा गत वर्ष ११ हजार ४६८ मुद्दा फछ्र्योट उत्तरी भियतनाममा बाढी र पहिरोबाट पाँच जनाको मृत्यु, तीन बेपत्ता स–साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित



अ+ अ-

काठमाडौं । वर्षाका कारण भोजपुर सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।

मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने सडक भएकाले यहाँ दैनिक सवारीसाधन आवतजावत गर्छन् । हाल सवारी आवागमनमा समस्या भएको र सडक मर्मतका लागि पहल भइरहेको वडाध्यक्ष फविन्द्र प्रधानले बताए  ।

वर्षाका कारण जिल्लाका ग्रामीण क्षेत्रका कच्ची सडकमा पनि क्षति पुगेको छ । यहाँ सञ्चालित हाइड्रोपावर र ३३ केभी राष्ट्रिय प्रसारण लाइनमा समस्या हुँदा जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।