६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह

आरसिओडी मिति संशोधनका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह
अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले विभिन्न जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसिओडी) संशोधनका लागि सम्पर्कमा आउन आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना मार्फत व्यवसायिक उत्पादन शुरु गर्नुपर्ने मिति संशोधनका लागि विभिन्न कागजातसहित सम्पर्कमा आउन आग्रह गरेको हो ।

प्राधिकरणको २०७१ भदौ ३१ गतेको ६ सय ८८ औं बैठकबाट निजी क्षेत्रका विद्युत् प्रवद्र्धक कम्पनीसँग सम्पन्न विद्युत् खरिद सम्झौता र ग्रिड कनेक्सन एग्रिमेन्टमा उल्लिखत प्राधिकरणको दायित्वमा पर्ने प्रसारण लाइन तथा सवस्टेशन निर्माण कार्य सम्पन्न नभएका कारण उक्त सम्झौता संशोधन गर्न लागिएको हो । प्राधिकरणले आयोजनाको विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त भएको, आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको कागजातको विवरण पेश गर्नुपर्नेछ । यस्तै, व्यापारिक उत्पादन सुरु गर्ने मिति समाप्त हुनु अगावै त्यसका लागि प्राधिकरणमा पेश गरेको आवेदन जरुरी पर्नेछ ।

यस्तै, आयोजनाले भौतिक निर्माण कार्य गरी प्राधिकरणको प्रसारण लाइन तथा सवस्टेशनको निर्माण प्रगतिको अनुपातमा प्रगति हासिल गरेको विवरण जरुरी पर्ने प्राधिकरणको सूचनामा उल्लेख छ ।

निजी क्षेत्रका प्रवद्र्धकले लामो समयदेखि  व्यापारिक उतपादन शुरु गर्नुपर्ने मिति संशोधन गरिदिन आग्रह गर्दै आएको थियो । सोही आग्रहका आधारमा प्राधिकरणले सूचना मार्फत सम्पर्कमा आउन आग्रह गरेको उल्लेख छ । रासस