२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण ‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा खड्काको ‘म बनाउँछु मेरो देश’ विमोचन



अ+ अ-

कर्णाली। मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काको कविता सङ्ग्रह ‘म बनाउँछु मेरो देश’ विमोचन गरिएको छ ।

विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’का अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा उक्त कृतिको विमोचन गरिएको हो । नेपाल सरकारका निवर्तमान वन तथा वातावरणमन्त्री माधव चौलागाईं, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

विमोचन कार्यक्रममा लेखक तथा निवर्तमान मन्त्री चौलागाईंले उक्त कृतिले समकालीन समाज, राष्ट्रनिर्माण र युवापुस्ताको चेतनालाई अभिव्यक्त गरेको बताउनुभयो । उपकुलपति प्रा डा गौतमले साहित्य समाज परिवर्तनको सशक्त माध्यम भएको उल्लेख गर्दै खड्काको कृतिले सकारात्मक सोच, राष्ट्रिय भावनाको विकास तथा सिर्जनशीलताको प्रवद्र्धनमा टेवा पुर्‍याउने जनाउनुभयो ।

कवि डा खड्काले आफ्नो कृतिबारे प्रकाश पार्दै देशप्रतिको जिम्मेवारी बोध र सिर्जनात्मक अभिव्यक्तिलाई केन्द्रमा राखेर कविता सङ्ग्रह तयार पारिएको बताउनुभयो । उहाँले साहित्यमार्फत समाजमा सकारात्मक ऊर्जा प्रवाहका निम्ति आफ्नो प्रयास निरन्तर रहिरहने धारणा व्यक्त गर्नुभयो ।

विमोचन कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा डा पन्ना थापा, रजिस्टार प्रा डा शोभाखर कँडेल, भाषा, साहित्य र कला, संस्कृतिका विद्वानद्वय प्रा डा जीवेन्द्रदेव गिरी, प्रा डा रामप्रसाद भट्टराईलगायत प्राज्ञ, लेखक तथा अध्येताहरूको सहभागिता थियो ।  रासस