२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने देशलाई सधैँ कति सगरमाथा र गौतमबुद्धको नामले मात्रै चिनाइरहने ? – मन्त्री पौडेल चलचित्रकर्मीहरूको भावना समेट्ने गरी ऐन निर्माण गर्न सरकार प्रतिवद्धः मन्त्री तिमिल्सिना सगरमाथाको सफल आरोहण गर्ने अधिवक्ता सुधिज्ञ पन्त एएनओद्वारा सम्मानित पूर्व राष्ट्रिय गोलकिपर विशाल श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त विश्वकप उद्घाटन समारोहः कसले प्रस्तुति दिँदैछन्, कहिले सुरु हुन्छ, कसरी हेर्ने विश्व फुटबलको महाकुम्भ आजबाट यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण ‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना : छ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकैदिन एक हजार दुई सयभन्दा बढी पिन्ट रगत सङ्कलन



अ+ अ-

काठमाडौँ। सन्त निरंकारी मण्डल नेपालले आज एकैदिन एक हजार २६७ पिन्ट रगत सङ्कलन गरेको छ ।

मानव एकता दिवसको अवसरमा आज देशका विभिन्नमा रक्तदान कार्यक्रम आयोजना गरी उक्त परिमाणमा रगत सङ्कलन गरिएको मण्डलका सचिव अनिल महर्जनले जानकारी दिनुभयो ।

त्यस क्रममा काठमाडौँमा ११८, जनकपुरधाममा १२७, सुर्खेतमा १०९, बयरघारी स्याङ्जामा ८२, नेपालगन्ज ८५, डडेलधुरामा दुई, कञ्चनपुरमा ३६, दाङ्को गङ्गापरस्पुरमा २२ र तुल्सीपुरमा ५५ र रोल्पामा ४४ पिन्त सङ्कलन गरिएको छ । यस्तै, धरानमा ३२, पसौनीभाठा पर्सामा ५५, बुटवल रुपन्देहीमा २५, मलङगवा सर्लाहीमा ३५, वालापुर कपिलवस्तुमा ३५, सिरहामा ४०, सप्तरीको बनरझुलामा २७ र राजविराजमा १८, विराटनगर मोरङमा ३२, बर्दियामा १४ पिन्ट र हेटौडा मकवानपुरमा २१ पिन्ट रगत सङ्कलन भएको सचिव महर्जनले बताउनुभयो ।

कैलालीमा मात्रै २५३ पिन्ट

यसैबीच कैलालीमा मात्रै आज २५३ पिन्ट रगत सङ्कलन भएको छ । दिवसका अवसरमा कैलालीका विभिन्न स्थानमा आयोजना गरिएका रक्तदान कार्यक्रममा उक्त रगत सङ्कलन भएको हो ।

मण्डलले कैलालीको टीकापुर, अमरावती, बौनिया, अत्तरिया, धनगढीगरी पाँच स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको मण्डलका अध्यक्ष नरबहादुर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार टीकापुरमा ६०, अमरावतीबाट २७, बौनियामा ९२, अत्तरियामा ३८ र धनगढीबाट ३६ पिन्ट रगत सङ्कलन भएको हो ।
“हामीले हरेक वर्ष ‘रगत नालीमा होइन, नाडीमा बगाऔँ’ भन्ने नारासहित रक्तदान कार्यक्रम गर्दै आएका छौँ । मानिसलाई आवश्यक परेको बेला र रक्त सञ्चार केन्द्रमा रगत अभाव भएमा हामी यस्ता कार्यक्रम आयोजना गर्छौँ”, उहाँले भन्नुभयो ।

आज यहाँ टीकापुर भानसिंह विश्वकर्माले ४०औँ पटक रक्तदान गर्नुभएको छ । रगत अभाव भएर कसैको ज्यान नजाओस् भन्ने ध्येयले आफूले नियमित रगद दान गर्दै आएको उहाँले बताउनुभयो ।

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले रगत अभावका कारण धेरै नागरिकले ज्यान गुमाउनु परिरहेको अवस्थामा यसरी गरिने रक्तदानले ज्यान जोगाउन धेरै सहयोग पुग्ने बताउनुभयो । “रगतको अभावमा धेरै जनाले अकालमै ज्यान गुमाउनुपरेका खबर हामीले सुन्दै आएका छौँ । त्यस्तो अवस्था आउन नदिन यसरी आयोजना गरिने कार्यक्रमले निकै सहयोग पुग्छ । यस महान कार्यका लागि सबैलाई धन्यवाद”, उहाँले भन्नुभयो ।

टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नर्गाजीले मानिस कर्मले नै ठूलो हुने भन्दै असल कार्यमा अगाडि मण्डलले गरिरहेको योगदानको प्रशंसा गर्नुभयो ।

मण्डलका टीकापुर प्रमुख महादेव भण्डारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी कैलालीका उपसभापति बलबहादुर रावललगायतले सम्बोधन गर्नुभएको थियो । रासस