६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय जातका गाईको पञ्चगव्य चिकित्सा पद्धति प्रवर्द्धन गरिनुपर्नेमा जोड

स्थानीय जातका गाईको पञ्चगव्य चिकित्सा पद्धति प्रवर्द्धन गरिनुपर्नेमा जोड
अ+ अ-

काठमाडौँ। स्थानीय जातका गाईको गहुँत, गोबर, दूध, दही र घ्यूको प्रयोग गरी बनाइने पञ्चगव्य चिकित्सा पद्धतिबाट क्यान्सरजस्ता रोग निको भएकाले यसलाई प्रवर्द्धन गरिनुपर्नेमा जोड दिइएको छ ।

गौ संरक्षण अभियानले आजदेखि आयोजना गरेको ‘पञ्चगव्यको महत्व एवं गौ विज्ञान कथा’ विषयक दुईदिने कार्यक्रमका वक्ताले देशभर स्थानीय जातका गाई पाल्न प्रोत्साहन गरेर पञ्चगव्यबाट उपचार गर्ने पद्धतिको विकास गरिनुपर्नेमा दिनुभएको हो ।

भारतको काञ्चीपुरम् तामिलनाडुस्थित सेवारत्न पञ्चगव्य विद्यापीठका पारम्परिक वैद्यरत्न गव्यसिद्धाचार्य गुरुकुलपति निरञ्जनकुमार वर्माले २४ वर्षदेखि यस विषयमा अभ्यास गरिरहँदा सबै रोगको उपचार पञ्चगव्य पद्धतिबाट हुने प्रमाणित भएको बताउनुभयो ।

स्थानीय जातका गौमाताबाट निरोग नेपाल बनाउन सकिने उल्लेख गर्दै उहाँले गाई शाश्वत सत्य र धरतीकै माता भएकाले यसको संरक्षण गरी फाइदा लिनुपर्नेमा जोड दिनुभयो । वैदिक दर्शनअनुसारका ८४ लाख योनीमा गाईमात्र अवतरित प्राणी भएको बताउँदै उहाँले माटोको शुद्धीकरणमा पनि स्थानीय जातका गाईको प्रयोगले धेरै राम्रो हुने प्रमाणित भएको बताउनुभयो ।

मानिसले पृथ्वी, जल, तेज, वायु र आकाश गरी पाँचवटै तत्वलाई प्रदूषित गर्ने गरेको सुनाउँदै गुरुकुलपति वर्माले यसको शुद्धीकरण पनि पञ्चगव्यबाट हुने बताउनुभयो ।

नेपाल र भारतका मूल प्रजातिका गाईले कम दुध दिने गरेकाले पनि तिनलाई पाल्नेक्रम घट्दै गएको उल्लेख गर्नुहुँदै उहाँले विभिन्न विधिको प्रयोगबाट तीनगुणासम्म दूध बढाउन सकिएको अनुभव सुनाउनुभयो । त्यो प्रविधिलाई नेपालमा पनि लागू गर्न सकिने गुरुकुलपति वर्माको भनाइ थियो ।

भारत सरकारका पूर्वसचिव एवं भारतको काञ्चीपुरम् तामिलनाडुस्थित सेवारत्न पञ्चगव्य विद्यापीठका उपगुरु कुलपति डा कमल टावरीले स्थानीय जातका गाईको पञ्चगव्यका माध्यमबाट रोजगारी सृजना गर्न सकिने बताउनुभयो ।

गाईको गहुँतलगायत गोरसबाट ठूलो व्यवसाय गर्न सकिने भएकाले युवालाई यसतर्फ आकर्षित गरिनुपर्ने उहाँले बताउनुभयो । यसमा जडीबुटी पनि जोडेर काम गर्न सकिने भनाइ पनि उहाँको थियो ।

बाबा योगीराजले स्थानीय जातका गाई विज्ञानका साथै कृषिको मुख्य आधार भएकाले यसको संरक्षणमा सुरु गरिएको अभियानलाई देशव्यापी बनाउन सुझाव दिनुभयो । आयुर्वेद जडीबुटीबाट घरमै औषधि बनाउने पद्धति भए पनि त्यसमा अहिले विकृति आउन सुरु गरेको उहाँले सुनाउनुभयो । आफूले सेवाभावले आयुर्वेदको निःशुल्क उपचार गर्ने गरेको पनि बाबा योगीराजले कार्यक्रममा जानकारी दिनुभयो ।

कार्यक्रममा महेश मोदीेले गोडामा भएको समस्या पञ्चगव्य उपचार पद्धतिबाट नै सम्भव भएको जानकारी दिनुभयो । पुरानो सिनामङ्गलका स्थानीयवासी अमित ढुङ्गानाले श्रीमतीलाई क्यान्सर भएपछि आधुनिक चिकित्सा पद्धतिबाट ठीक नभई स्थानीय जातका गाईको गहुँत सेवनबाट निको भएको जानकारी दिनुभयो ।

अमेरिका रहेका आफ्ना साथीका बुबालाई क्यान्सर भएपछि त्यहाँको उपचार पद्धतिबाट पनि ठीक नभएर नेपाल आई गहुँतबाट अहिले निको हुँदै गएको जानकारी पनि उहाँले दिनुभयो ।

आधुनिक पद्धतिको चिकित्सकसमेत रहनुभएका गुरु गोरखनाथ फाउन्डेसनका अध्यक्ष डा सुवेन्दु गुप्ताले पञ्चगव्य उपचार पद्धतिलाई एकीकृत स्वास्थ्य सेवामा अघि बढाउनुपर्ने बताउनुभयो । आफूले ३० वर्षदेखि आधुनिक चिकित्सा पद्धतिमा काम गर्दै आए पनि पञ्चगव्य उपचार पद्धतिलाई वैकल्पिक उपचारको सूचीमा समावेश गरिनुपर्ने विचार उहाँको थियो ।

वरिष्ठ पत्रकार प्रेम कैदीले रक्सी र चुरोट खान प्रचार गर्नु नपर्ने तर अमृतका रूपमा रहेका पञ्चगव्यका लागि प्रचार गर्नुपर्ने अवस्था रहनु दुःखद् भएको बताउनुभयो । स्वर्गका रूपमा रहेका नेपालका गाउँमा पञ्चगव्य उपचार पद्धति लोप होला जस्तो भएकाले त्यसको संरक्षण गरिनुपर्नेमा पनि उहाँको जोड थियो ।

नेपाली भान्सा सुधार अभियानकी अध्यक्ष कविता दाहालले नेपाली भान्साभित्र आयुर्वेद रहने गरी गरिएको व्यवस्था भङ्ग हुन थालेपछि नेपाली विभिन्न रोगले पीडित हुन थालेको बताउनुभयो । यसका लागि आमा, सासूआमाले सिकाएको नेपाली भान्सा परम्परालाई पुनःस्थापित गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाली भान्सामा पञ्चगव्य पहिलेदेखि नै मुख्य अङ्गका रूपामा रहँदै आएको पनि अध्यक्ष दाहालले सुनाउनुभयो ।

आयोजक समिति गौ संरक्षण अभियानका अध्यक्ष स्मृति राणा मल्लले आइतबारसम्म आयोजना हुने कार्यक्रमले नेपालमा स्थानीय जातका गाई संरक्षणका जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

अभियानका गव्यसिद्धाचार्य प्रमुख प्रेम आर्यले गव्य चिकित्साका माध्यमबाट शरीरका समस्या समाधान हुने बताउनुभयो । स्थानीय जातका गाई रक्षाका लागि काम गरेर पञ्चगव्य चिकित्सा पद्धतिलाई नेपालमा स्थापित गर्नु अभियानको मुख्य उद्देश्य रहेको जानकारी पनि उहाँले दिनुभयो । रासस