६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सुकुम्बासी बस्तीमा चल्यो डोजरः सडकमा आए गरिबका सपना, त्रासमा सयौं नागरिक (तस्बिरहरु)

सुकुम्बासी बस्तीमा चल्यो डोजरः सडकमा आए गरिबका सपना, त्रासमा सयौं नागरिक (तस्बिरहरु)
अ+ अ-

काठमाडौँ। सरकारले काठमाडौं उपत्यकाका सुकुम्बासी बस्तीमा डोजर चलाएको छ ।

शनिवार बिहानैदेखि डोजर र महानगर प्रहरीको ठूलो टोली परिचालन गरेर संरचनाहरू भत्काउन थालिएको हो । केही क्षणमै बस्तीका कयौँ घरहरू भग्नावशेषमा परिणत भएका छन् ।

डोजरले घर भत्काइरहँदा स्थानीयहरू आफ्नो वर्षौंदेखिको बासस्थान क्षणभरमै खरानी भएको टुलुटुलु हेर्न बाध्य छन् । बस्ती खाली गराउन महानगरले डोजर र सुरक्षाकर्मी परिचालन गरेपछि स्थानीयहरूमा त्रास फैलिएको छ । कयौँ परिवार आफ्नो सामान जोगाउन सडकमा भौँतारिइरहेका तस्बिरहरूले बस्तीको कारुणिक अवस्था बयान गर्छन् ।

घरमा भएका केही थान भाँडाकुँडा, लत्ताकपडा र जोगाउन सकेका फर्निचरहरूलाई ट्र्याकमा कोचेर सुरक्षित ठाउँमा लैजाने तयारीमा स्थानीय व्यस्त देखिन्छन् ।

एउटा तस्बिरमा ह्वीलचियरमा बसेका एक असहाय वृद्धको अनुहारमा देखिएको अन्योल र निराशाले बस्तीमाथिको बज्रपातको कथा बोल्छ । त्यस्तै, भत्किएको घरको भग्नावशेषबीच केही बालबालिकाहरू खेलौना वा सामान खोज्दै गरेको दृश्यले मानवीय संवेदनालाई झस्काउँछ ।

डोजरले एउटापछि अर्को घर भत्काउँदै गर्दा बस्तीका मानिसहरू एकातिर घर गुमाएको पीडामा छन् भने अर्कोतिर बचेखुचेका सामान कसरी सुरक्षित राख्ने भन्ने चटारोमा छन् ।

बस्तीका सडकहरूमा यतिबेला सामानका चाङ र मानिसहरूको भीडभाड देखिन्छ । कतिपयले आफ्ना सामान लोड गरिएका गाडीहरूलाई टुलुटुलु हेर्दै बसेका छन्। केही स्थानीयहरू भने डोजरले भत्काएको आफ्नै घरको दृश्यलाई मोबाइलमा कैद गरिरहेका छन् ।

तस्बिरहरूले भत्किएका टहरा, छरपस्ट भएका इँट्टाहरू र बालबालिकादेखि वृद्धवृद्धासम्मको बिचल्नीलाई प्रस्ट पारेको छ । बस्तीकै छेउमा बगिरहेको नदी र वरपर देखिएका मकैका बोटहरूमा पनि डोजरको असर पुगेको देखिन्छ । जनाव भग्नावशेष वरपर नै आहार खोज्दै हिँडिरहेका छन्, जसले बस्तीको अकल्पनीय विनाशलाई दर्शाउँछ ।

प्रशासनको यो कदमपछि सुकुम्बासी बस्तीका सयौँ नागरिक यतिबेला खुला आकाशमुनि आउन बाध्य भएका छन् । –न्युज एजेन्सी नेपाल
तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल