२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोनेपाल ट्राभलको दशैं–तिहार विशेष सस्तो हवाई टिकट अफर सार्वजनिक, ४५ केजीसम्म ब्यागेज सुविधा सहित



अ+ अ-

काठमाडौ। युरोपमा रोजगारी तथा बसोबास गर्दै आएका नेपालीहरूलाई लक्षित गर्दै युरोनेपाल ट्राभलले सस्तो हवाई टिकटको विशेष अफर सार्वजनिक गरेको छ। नेपालीहरूको महान चाड दशैं र तिहारलाई ध्यानमा राखेर ल्याइएको यो योजनाले नेपाल–युरोप आवतजावत गर्ने यात्रुहरूलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

कम्पनीका अनुसार यस अफरअन्तर्गत यात्रुहरूले किफायती दरमा हवाई टिकट प्राप्त गर्न सक्नेछन्। यात्रालाई सहज र आरामदायी बनाउन विभिन्न अन्तर्राष्ट्रिय विमान सेवासँग सहकार्य गरिएको छ। विशेष गरी कतार एयरवेज, एमिरेट्स र टर्किस एयरलाइन्स जस्ता प्रतिष्ठित एयरलाइन्समार्फत यात्रा गर्न सकिने व्यवस्था गरिएको युरोनेपाल ट्राभलका कार्यकारी निर्देशक निरज गोतमेले जानकारी दिए।

यस योजनामा यात्रुहरूले ४५ केजीसम्म सामान बोक्न पाउने सुविधा पनि समावेश गरिएको छ, जसले दशैं–तिहारमा घर फर्किने नेपालीहरूलाई थप सहजता प्रदान गर्ने कम्पनीले जनाएको छ। “सस्तो दर, आरामदायी यात्रा” भन्ने नारासहित सेवा प्रदान गर्दै आएको कम्पनीले अनलाइन तथा प्रत्यक्ष सम्पर्कमार्फत टिकट बुकिङ गर्न सकिने जानकारी दिएको छ।

कार्यकारी निर्देशक गोतमेले भने, “दशैं–तिहारको अवसरमा घर फर्किन चाहने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहज र किफायती यात्रा सुविधा उपलब्ध गराउने उद्देश्यले यो विशेष अफर ल्याएका हौं। हामीले विश्वसनीय एयरलाइन्ससँग सहकार्य गरेर यात्रुहरूलाई सुरक्षित र आरामदायी सेवा दिने प्रयास गरेका छौं।”

कम्पनीको कार्यालय लिस्बनस्थित आर. बाइरो दो साब्रोसा क्षेत्रमा रहेको छ भने ग्राहक सेवाका लागि फोन तथा व्हाट्सएप सुविधा समेत उपलब्ध रहेको जनाएको छ। दशैं–तिहारमा नेपाल फर्किने योजना बनाएका नेपालीहरूका लागि यो अफर उपयोगी हुने विश्वास गरिएको छ।




भर्खरै