२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस्, सार्वजनिक जीवन नै त्यागिदिन्छु : अर्थमन्त्री डा.वाग्ले सोफिया तामाङ बनिन् टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ की विजेत ५६ वर्षपछि नयाँ चलचित्र ऐन आउँदै, देशभर थप ५० सिनेमा हल बनाउने बोर्डको योजना लागुऔषध नियन्त्रणका लागि नेपाल प्रहरीको तीन वर्षे कार्ययोजनाः ऐन संशोधनदेखि प्रविधि विस्तारसम्म लागुऔषध नियन्त्रणका लागि मौजुदा संरचना र कानून अपर्याप्तः निश्कल राई लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग लागुऔषध नियन्त्रणमा राज्यका निकायको ‘मिलेमतो’ र कमजोर संरचनाप्रति सांसद दुलालको चिन्ता नेपालमा लागुऔषध दुर्व्यसनीको सङ्ख्यामा वृद्धिः १९ देखि ४५ वर्ष उमेर समूहका व्यक्तिहरू चपेटामा मकवानपुरको भीमफेदी–बैदमार जीप दुर्घटनामा इन्जिनियरसहित चालकको मृत्यु काठमाडौँका यी १७ ठाउँमा ३ दिनसम्म दैनिक साढे ३ घण्टा विद्युत् आपूर्ति बन्द हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इरानी विदेशमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल वार्ताका लागि इस्लामावादमा



अ+ अ-

काठमाडौँ। क्षेत्रीय घटनाक्रम र जारी शान्ति प्रयासका बारेमा छलफल गर्न इरानी विदेशमन्त्री सैय्यद अब्बास अराक्चीको नेतृत्वमा एउटा इरानी प्रतिनिधिमण्डल शुक्रवार राति पाकिस्तान पुगेको छ ।

पाकिस्तानी परराष्ट्र मन्त्रालयका प्रवक्ताले यसको पुष्टि गरेका हुन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता ताहिर अन्ड्राबीले एक्समार्फत जानकारी दिएअनुसार अराक्चीले पाकिस्तानी नेतृत्वसँग भेटघाट गरी विकसित क्षेत्रीय अवस्था र शान्ति तथा स्थिरता प्रवद्र्धनका लागि भइरहेका प्रयासका बारेमा विचार आदानप्रदान गर्ने कार्यक्रम रहेको छ ।

इस्लामावाद आइपुग्दा इरानी विदेशमन्त्रीलाई पाकिस्तानी उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री मोहम्मद इशाक दार र सेना प्रमुख फिल्ड मार्सल सैय्यद असिम मुनिर लगायतका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए ।

यसअघि अराक्चीले एक्समा एक पोस्ट गर्दै आफू इस्लामावाद, मस्कट र मस्को लगायतका शहरहरूको क्षेत्रीय भ्रमणमा निस्कन लागेको जानकारी दिएका थिए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल




भर्खरै