२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी हितविपरीत गतिविधिमा संलग्न दुई नेतृलाई राप्रपाद्वारा निलम्बन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका दुई नेतृलाई निलम्बन गरेका छन्।

पार्टीको विधानको धारा ३२(ङ) बमोजिम केन्द्रीय सदस्य नानीमैयाँ आचार्य (नुवाकोट) र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चम्पा अधिकारी ‘चाहना’ (काठमाडौं)लाई निलम्बन गरिएको हो।

राप्रपाका अनुसार उनीहरूले पार्टीको निर्णय र हितविपरीत गतिविधि गर्दै अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै केन्द्रीय अनुशासन समितिको सिफारिसमा निलम्बन गरिएको हो।