२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एम्नेस्टी इन्टरनेसनलको युथ मेला पोखरामा सुरु



अ+ अ-

काठमाडौं । आजदेखि कास्कीको पोखरामा एम्नेस्टी इन्टरनेसनल नेपाल (एम्नेस्टी नेपाल) को युथ मेला सुरु भएको छ । युथ मेलाअन्तर्गत १८औँ संस्करण आजदेखि सुरु भई यही वैशाख १३ गतेसम्म सञ्चालन हुनेछ ।

तीन दिनसम्म सञ्चालन हुने राष्ट्रिय युथ मेलामा एम्नेस्टी नेपालमा आबद्ध विभिन्न युवा सञ्जाल, समूह र व्यक्तिगत सदस्यताको प्रतिनिधित्व गर्दै मुलुकभरका १०० भन्दा बढी २५ वर्षमुनिका युवा सदस्यहरूले सहभागिता जनाएका एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले जानकारी दिए ।

मानवअधिकार अभियानमा युवा नेतृत्वलाई प्रोत्साहित गर्ने प्रतिबद्धताबाट निर्देशित हुँदै यस वर्षको युथ मेला ‘जलवायु न्याय र नागरिक स्वतन्त्रताः न्यायपूर्ण भविष्यका लागि युवाको सरोकार’ भन्ने विषयवस्तुमा केन्द्रित हुने उनले बताए  ।

अन्तरक्रियात्मक सत्र र कार्यशालामार्फत सहभागीले मानवअधिकारसम्बन्धी आफ्नो बुझाइलाई सुदृढ गर्ने जनाउँदै निर्देशक थपलियाले जलवायु न्याय, नागरिक स्वतन्त्रता, सङ्कुुचित हुँदै गएको नागरिकस्थललगायत महत्वपूर्ण मुद्दाहरूका विषयमा छलफल हुनुका साथै ती विषय सम्बोधनका लागि व्यावहारिक पैरवी सीप हासिल गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युवा नेतृत्वमा गत भदौमा भएका प्रदर्शन, जलवायु सङ्कट, डिजिटल अधिकार, सङ्क्रमणकालीन न्याय र यौनिक तथा अल्पसङ्ख्यक व्यक्तिका अधिकारलगायत नेपालमा विकसित हुँदै गइरहेका मानवअधिकार परिदृश्यसँग सम्बन्धित हुने आयोजकले जनाएको छ ।

यस कार्यक्रममा इरानमा जारी द्वन्द्वमा केन्द्रित हुँदै मध्यपूर्वमा चलिरहेको मानवअधिकार सङ्कटतर्फ ध्यान आकर्षित गर्नेगरी एउटा सार्वजनिक एक्सन आयोजना गरिने निर्देशक थपलियाले जानकारी दिए।

एम्नेस्टी इन्टरनेसनलको विश्वव्यापी अडानअनुरूप तयार गरिने एक्सनले गैरसैनिकहरूको सुरक्षा, अन्तरराष्ट्रिय मानवअधिकार र मानवीय कानुनको पालना, सोको उल्लङ्घन हुन नदिन जवाफदेहिता र द्वन्द्वको बीचमा मौलिक स्वतन्त्रताको रक्षाका लागि आह्वान गर्ने उनले विश्वास व्यक्त गरे  ।

सन् २००६ देखि एम्नेस्टी इन्टरनेसनल नेपालले युवा अभियन्ताको शिक्षा, प्रेरणा एवं परिचालनको एउटा मञ्चको रूपमा युथ मेलालाई आयोजना गर्दै आइरहेको छ ।

नेपालभरिका ५० वटा युथ नेटवर्क र समूहबाट वार्षिक रूपमा १०० भन्दा बढी सहभागी हुने यो मेला युवा लक्षित महत्वपूर्ण कार्यक्रम हो । मेलामा हालसम्म एक हजार ५०० भन्दा बढी युवाले सहभागिता जनाएका एम्नेस्टी नेपालले जनाएको छ ।